काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगै बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको हो ।
बैठकमा सहभागी विज्ञहरुले नियमनलाई महत्त्व नदिंदा सहकारीमा समस्या देखिएको धारणा राख्दै समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भूगोलको सीमा नराखिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीमा आजको अवस्था देखापरेको बताउनुभयो । गभर्नर अधिकारीले सहकारीका समस्या समाधानका लागि ‘सेकेन्ड टियर इन्स्टिट्युसन’ बलियो नियामकीय निकाय बनाइनुपर्ने बताउनुभयो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि