बेलायती सहकारी अभियान
बेलायतमा सहकारी अर्थतन्त्रको आकार दोब्बर बढाउने  सत्तारुढ दलको प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेलायतमा सहकारी अर्थतन्त्रको आकार दोब्बर बढाउने  सत्तारुढ  दलको प्रतिबद्धता

काठमाडौं । बेलायतको सत्तारुढ लेबर पार्टीले सहकारी अर्थन्तत्रको आकार दोब्बर बढाउने प्रतिबद्धता जनाएको छ । जुलाई ४ मा सम्पन्न आम निर्वाचनमा भारी बहुमत ल्याउन सफल लेबर पार्टीको घोषणापत्रमा आफ्नो दल विजयी भए सहकारी तथा पारस्परिकतामा आधारित व्यवसायको आकार कम्तिमा दोब्बर वृद्धि गर्ने उल्लेख छ । सत्तारुढ लेबर पार्टीको घोषणापत्रमा सहकारी वृद्धिका बाधक नीति तथा काूननी अड्चनहरु हटाउने, वित्तमामाथिको पहुँच अभिवृद्धि गर्ने लगायत छन् ।

बेलायतमा हाल साढे ७ हजार बढी सहकारीमा करिब साढे २ लाख कर्मचारी कार्यरत छन् भने सहकारीका सदस्य १ करोड ४३ लाख बढी सदस्य छन् भने कुल वार्षिक कारोबार करिब ४१ बिलियन पाउन्ड रहेको छ ।

यसैबीच, निर्वाचनमा लेबर पार्टीको विजयबाट त्यहाँको सहकारी अभियान निक्कै उत्साहित भएको छ । बेलायती सहकारी अभियन्ताहरुले संयुक्त पत्र पत्रमार्फत नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरलाई बधाई दिदैं  सहकारी अर्थतन्त्रलाई बलियो बनाउने लेबरको योजनालाई सफल बनाउन पूर्ण सहयोग गर्ने जनाएका छन् ।

उत्र पत्रमा विभिन्न विषयगत क्षेत्रका २० शीर्ष सहकारी अभियन्ताहरुको हस्ताक्षर रहेको छ । उनीहरुले लेबरको घोषणापत्र कार्यान्वयनमा सरकारलाई पूर्ण साथ दिने र सँगै यात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सहकारी अर्थतन्त्रलाई बलियो बनाउने मात्र नभई दिगो विकासका लक्ष्यहरुमा योगदान दिने गरी काम गर्न आफूहरु तयार भएको बेलायती सहकारी अभियन्ताहरुले जनाएका हुन् ।

गत जुन १३ मा म्यानचेष्टरमा आयोजित चुनावी सभामा लेबर नेता स्टार्मरले सामाजिक न्याय तथा आर्थिक विकासलाई सँगैसँगै अघि बढाउने सहकारी क्षेत्र निक्कै पुरानो अभियान भएको बताउँदै यस क्षेत्रको योगदानलाई दोब्बर बनाउने घोषणापत्रको बुँदा सुनाउनुभएको थियो ।

यसअघि सन् २०१९ को घोषणापत्रमा पनि लेबरले सोही विषय चुनावी घोषणा पत्रमा समावेश गरेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप