सदस्यज्यूहरु, आज असार मसान्त हो नि !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यज्यूहरु, आज असार मसान्त हो नि !

काठमाडौं । आज आर्थिक वर्षको अन्तिम दिन । २०८१ असार सोमबार आर्थिक वर्ष २०८० र ८१ को अन्तिम कारोबार दिन हो । बार्षिक खाताबन्दीको दिन भएकाले सहकारी संघ संस्थाहरु पनि यो वर्षको कारोबारलाई कसरी सुखद, सफल र सकारात्मक बनाउन सकिन्छ भनेर लागिपरेका छन् । यसका लागि उनीहरुले आफ्ना सदस्यहरुलाई असार मसान्त सम्ममा तिर्नुपर्ने हिसाब मिलान गरिदिन आग्रह गरेका छन् । आर्थिक वर्षान्त भएकाले उनीहरुले सदस्यहरुलाई यस्तो विशेष आग्रह गरेका हुन् ।

संस्थाको वर्षान्तको खाताबन्दीलाई सफल र सकारात्मक बनाउन उनीहरुले खासगरी ऋणी सदस्यहरुलाई आग्रह गरेका हुन् । यसका लागि संस्थाले आफ्नो आधिकारिक सामाजिक सञ्जालका साथै सञ्चालक समिति तथा कर्मचारीहरुले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालबाट पनि सूचना, जानकारी र आग्रह सम्प्रेषण गरेका छन् । 

कति सहकारीहरुले  एकदमै भावनात्मक रुपले त कतिले कानूनी प्रबन्धहरुबारे पुनःस्मरण गराउँदै ऋणी सदस्यहरुलाई आज अन्तिम दिन भएपनि संस्थाको सम्पर्कमा आइ हिसाब मिलान गर्न आग्रह गरेका छन् । 

रुपन्देहीको जनउत्थान साकोसले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, ‘तपाईले लगेको ऋण कसैको पसिना हो ।’ जनउत्थान साकोसले सदस्यहरुलाई संस्था सम्झन, आफ्नो दायित्व बुझ्न र आफ्नै परिवारका अन्य सदस्यको दुःखजिलो गरेको बचत सम्झन आग्रह गरेको हो ।

यसरी आफ्नै परिवारका सदस्यहरुको बचतसँग खेलबाड नगर्न आग्रह गर्दै जनउत्थानले असल अनुशासित सेयर सदस्य बन्न आग्रह गरेको हो । नियमित मासिक बचत, ऋणको ब्याज र किस्ता समयमै भुक्तान गरी असल र अनुशासित सेयर सदस्य बन्न जनउत्थानले सेयर सदस्यहरुलाई आग्रह गरेको छ ।

यस्तै, काठमाडौंको सुयोग्य साकोसले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको छ, ‘ऋणलाई समयमै भुक्तान गर्नु भनेको आफ्नो वित्तीय प्रतिष्ठा र व्यक्तिगत सम्मानको रक्षा गर्नु हो ।’ 

रौतहटको विन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक जर्नादन कोइराला आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ, ‘सहकारी संस्थामा सेयर सदस्य भनेको मालिक हो । अनि मालिकले आफ्नो संस्थाबाट लगेको ऋणको किस्ता र ब्याज तिर्नुहोस् भनेर कर्मचारीले हरेक दिन भन्नुपर्ने ?’ जस्तो सुकै कठिन समय र परिस्थितिमा सहकारीले सहयोग गरेको भन्दै त्यो कुरा नबिर्सन उनीहरुले समयमै ऋण नतिर्ने वा अटेरी  गर्ने सदस्यहरुलाई सजग गराएका छन् ।

तिर्न सक्नेहरुले पनि अटेरी गरेको, ऋण तिर्नुपर्दैन भन्ने अफवाहमा लागेको र अवस्था कठिन हुनेहरु पनि सम्पर्कमा नआएको वा संस्थाले बारम्बार गरेको ताकेतालाई बेवास्ता गरेको विषय सहकारी संस्थाहरुले स्मरण गराएका हुन् ।

साँच्चिकै समस्यामा परेका ऋणी सदस्यहरुलाई उनीहरुको अनुरोध छ– समस्या छ भने आउनुहोस्, सल्लाह गरौं, समाधान गरौं तर ऋणको भाखा नघाएर नबसौं । काठमाडौंको चन्द्रागिरि साकोसले आफ्नो फेसबुक वालमा यस्तो लेखेको छ, ।

कास्कीको पोखरा रोयल साकासले ऋण सेवा उपभोग गरिरहेका सदस्यहरुको नाममा जरुरी सूचना जारी गर्दै भनेको छ, ‘संस्थाको वार्षिक लक्ष्य तथा योजना सफल बनाउन सदस्यहरुबाट यो महिना हुने योगदान अविष्मरणीय, अतुलनीय र प्रशंसनीय रहनेछ  । तसर्थ संस्थाबाट ऋण सेवा लिई विभिन्न पेसा व्यवसाय सञ्चालन गरिरहनुभएका आदरणीय सदस्यज्यूहरुलाई सदाका बर्षहरुमा झैं आफूले तिर्न बुझाउन पर्ने साँवा ब्याज २०८१ असार मसान्तभित्र बुझाई असल सदस्यको पहिचान बनाउनुहुन र सहकारीमा कारोबार गरेबापत संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने लाभको असली हकदार बन्नुहुन समेत यो सूचना जारी गरिएको छ ।’

यसैगरी, देशैभरिका सहकारी संघसंस्थाहरुले विभिन्न सूचना, जानकारी र सचेतना मार्फत ऋणको भाखा नघाएका सदस्यहरुलाई भनिरहेका छन्, ‘सदस्यज्यूहरु, आज असार मसान्त हो नि !'
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप