नवनियुक्त सहकारी मन्त्रीलाई नेफ्स्कूनको तर्फबाट बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त सहकारी मन्त्रीलाई नेफ्स्कूनको तर्फबाट बधाई तथा शुभकामना

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई नेफ्स्कूनका तर्फबाट हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नवनियुक्त मन्त्री अधिकारीलाई उहाँकै कार्यकक्षमा भेटी अभियानको तर्फबाट हार्दिक बधाई सहित आगामी कार्यकाल सफलताको अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ ।

सहकारी मन्त्रालयमा दोस्रो कार्यकाल सुरु गर्नुभएका मन्त्रीलाई व्यस्तताका बीच अध्ययक्ष ढकालले बधाईसहित शुभकामना व्यक्त गर्नुभएको जानकारी गराउनुभयो । 

अध्यक्ष ढकालले भन्नुभयो, ‘मन्त्रीज्यूको व्यस्तताका बाबजूद संक्षिप्त भेट गरी बधाई दिने अवसर मिलेको छ । उक्त अवसरमा मन्त्रीज्यूले सहकारी अभियानका विषयमा अघिल्लो कार्यकालमा अघि बढाइएका विषयलाई अब थप सक्रियताका साथ द्रुतगतिमा नतिजा आउने गरी काम गर्ने विश्वास दिलाउनुभएको छ ।’

अभियानसँग निकट रहेर काम गर्नुभएका मन्त्री अधिकारी पुनः उही जिम्मेवारीमा दोहोरिनुभएसँगै अभियानका जल्दाबल्दा विषयमा नतिजा आउने गरी काम गर्ने अवसर प्राप्त भएको नेफ्स्कूनका अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी अभियाका पछिल्ला घटनाक्रमबारे गहिरो बुझाई राख्नुभएका मन्त्रीज्यू दोहोरिनुभएसँगै अभियान निक्कै आशावादी भएको छ ।’ 

आज मन्त्री नियुक्त भएसँगै पद तथा गोपनीयताको शपथ लिएर आजै मन्त्री अधिकारीले मन्त्रालयमा गई पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा बलराम अधिकारीले पाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा आज नियुक्त गर्नुभएको हो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा पनि अधिकारी सोही मन्त्रालयको जिम्मेवारीमा रहनुभएको थियो । 

अघिल्लो सरकारको पालामा २०८० फागुन २३ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पदभार सम्हाल्नुभएका मन्त्री अधिकारीले आफ्नो १ सय दिनको उपलब्धि समेत सार्वजनिक गर्नुभएको थियो । 

विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहनुभएको थियो । शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थाल्नुभएको थियो  । 

कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उहाँ १० वर्ष शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप