आर्थिक वर्ष २०८१/ ८२
आजदेखि नयाँ आर्थिक वर्ष शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आजदेखि नयाँ आर्थिक वर्ष शुरु

काठमाडौं । आज मंगलबारदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्  । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।

आजदेखि सरकारको नयाँ बजेट पनि कार्यान्वयन सुरु भएको छ । सामान्यतया बजेट भन्नाले निश्चित अवधिका लागि बनाइएको आय–व्ययको अनुमानित विवरण हो । यसमा राजनीतिक भन्दा पनि मुलुकको आर्थिक—सामाजिक रुपान्तरणको मार्गदर्शन हुन्छ ।  यद्यपि, पछिल्लो समय बजेटलाई अर्थ राजनीतिक दस्तावेजको रुपमा प्रस्तुत गर्न थालिएको छ । 

यस्तै, गरी सहकारी संघ संस्थाहरुले पनि नयाँ आर्थिक वर्षमा नयाँ व्यावसायिक योजना, रणनीति, कार्यविधिहरु तथा बजेट कार्यान्वयनमा लान्छन् । 

किन साउनबाटै नयाँ आर्थिक वर्ष ?
नेपालको नयाँ आर्थिक वर्ष साउनदेखि शुरु हुन्छ । आर्थिक वर्ष निर्धारण गर्दा उत्पादनका क्रियाकलापहरु कुन महिनाबाट शुरु हुन्छ भनेर हेरिने अर्थ तथा योजनाविद्हरु बताउँछन् । हुन त हरेक देशमा आफ्ना आफ्नै आर्थिक वर्ष हुन्छन् । नेपालमा साउनमा भएजस्तै भारतमा फागुन (अप्रिल) देखि आर्थिक वर्ष शुरु हुन्छ । अमेरिकामा सेप्टेम्बरदेखि शुरु हुन्छ ।

नेपालको सन्दर्भमा साउन महिना उत्पादन शुरु हुने महिना हो । सम्बन्धित देशको संस्कृति, चाँडपर्व, मौसम, भूबनोट, भूगोल, कृषि प्रणाली, जनशक्ति उपलब्ध हुने समय आदिलाई आधार मानेर आर्थिक वर्ष चयन गरिन्छ । योजनाविद्हरुका अनुसार गर्मी र जाडोको समय सकिएर, कृषिका कामहरुपनि सकिने अवस्थामा आर्थिक वर्ष शुरु गर्नुलाई आयस्रोतका हिसाबले हेरिएको हुनसक्ने बताउँछन् ।

यस्तै, आर्थिक वर्ष निर्धारण गर्दा बजेट कार्यान्वयनको अवस्था, समयअवधिको उपयुक्तता आदिलाई हेरिने उनीहरु बताउँछन् । यद्यपि, आर्थिक वर्ष कसरी चयन गरिएको भन्ने इतिहासको बजेटबाट देखिने र आर्थिक वर्षका विषयमा स्पष्ट मापदण्ड नभएको उनको तर्क छ । छिमेकी भारतमा फागुनमा बजेट आउने र आर्थिक वर्ष शुरु हुने भएकाले त्यहाँको अभ्यासलाई केही समय हेरेर सोही अनुसार बजेट बनाउन सहज हुने भएकाले पनि साउनलाई लिइएको हुनसक्ने उनीहरुको तर्क छ । 

साउन र भदौ वर्षायाम भएकाले बजेट कार्यान्वयनको तयारीको रुपमा २ महिना रहने र चाँडवाड सकिएपछि बजेट कार्यान्वयनमा लैजान सहज हुने भएकाले साउनदेखि आर्थिक वर्ष राखिएको हुनसक्ने अनुमान गरिन्छ ।

नेपालमा वि.स. २००८ सालदेखि बजेट ल्याउने परम्परा शुरु भएको हो । सुवर्ण  शम्शेरले ल्याएको पहिलो बजेटको सिलिङ ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो । यसमा राजस्वको अनुमान ३ करोड थियो ।

आजदेखि सुरु भएको आर्थिक वर्ष २०८१/८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप