व्यवस्थापनलाई कार्य विवरण हस्तान्तरण
व्यवस्थापनलाई ‘डे वनबाटै ड्युटीफूल’ बनाउँदै सहकारीहरु (तस्बिरहरुसहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवस्थापनलाई ‘डे वनबाटै ड्युटीफूल’ बनाउँदै सहकारीहरु (तस्बिरहरुसहित)

काठमाडौं । देशभरका विभिन्न सहकारीहरुले नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते व्यवस्थापनलाई कार्य विवरण हस्तान्तरण गरेका छन् । संघ संस्थाले आफ्नो कार्यविधि, वार्षिक कार्यक्रम र बजेटमा आधारित लक्ष्यसहितको कार्यविवरण नयाँ आर्थिक वर्ष २०८१ ८२ सुरु भएको पहिलो दिनबाट नै कार्यान्वनका लागि व्यवस्थानलाई हस्तान्तरण गरेका हुन् । 

यस्तो असल अनि अनुकरणीय अभ्यासले सहकारी संघ संस्थाको व्यवस्थापनलाई नयाँ आर्थिक वर्षको ‘डे वनबाटै ड्युटीफूल’ बनाउने विश्वास गरिन्छ । अघिल्लो आर्थिक वर्षलाई सफल र सुखद बिदाई गरेसँगै नयाँ आर्थिक वर्षका लागि आफ्नो कामप्रति जिम्मेवार बनाउने उद्देश्य यस्तो अभ्यासको रहेको हुन्छ ।

संस्थाले एक आर्थिक वर्षभरि हासिल गर्ने उपलब्धि समेटिएको बार्षिक योजनाको लक्ष्य र त्यसको प्राप्तिका लागि प्रत्येक कर्मचारीले गर्नुपर्ने कामहरु, निर्वाह गर्नुपर्ने भूमिका, अनुभूत गर्नुपर्ने दायित्व र बोध गर्नुपर्ने जिम्मेवारी आदि समेटिएको मात्रात्मक र गुणात्मक लक्ष्यसहितको जानकारी नै कार्यसम्पादन विवरण हो । सहकारीहरुले नीति र विधिलाई व्यावहारिक रुपमा आत्मसात गरिएको यो असल अनि अनुकरणीय अभ्यास हो ।

विगत लामोसमयदेखि धेरे सहकारीहरुले आफ्नो वार्षिक बजेटसहित कार्य सम्पादन गर्नुपर्ने विवरण व्यवस्थापनलाई नयाँ आर्थिक वर्षको डे वनबाटै हस्तान्तरण गर्ने प्रचलन बढ्दो छ । सहकारीहरुको यस्तो नीतिगत व्यवस्था र त्यसको अक्षरशः कार्यान्वयन अभ्यासले व्यवस्थापनलाई स्वउत्प्रेरित गर्दछ ।

त्यही कार्यविवरण र लक्ष्यको आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रचलन छ । सहकारीहरुमा व्यावसायिकता, जवाफदेहिता, विश्वसनीयता र छवि निर्माणका लागि लागि यस्तो असल अभ्यास गरिन्छ । यसले कर्मचारीहरुलाई आफ्नो कामप्रति खबरदारी र लक्ष्य प्राप्तिका लागि आत्मसमीक्षा, आत्मविश्लेषण र स्वमूल्याङ्कनको अवसर पनि प्रदान गर्दछ । यसैगरी, व्यवस्थापन समूहमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्दछ ।

सञ्चालक समितिबाट पारित भएको नयाँ आर्थिक वर्षको वित्तीय लक्ष्यसहितको कार्यसम्पादन विवरण सञ्चालक समितिबाट व्यवस्थापन प्रमुखलाई र बाँकी व्यवस्थापन समूहलाई व्यवस्थापन प्रमुखबाट हस्तान्तरण गर्ने प्रचलन छ । 

सहकारी संघ संस्थाहरुले यस्तो असल अभ्याससम्बन्धी तस्बिर र संक्षिप्त जानकारी आफ्ना सामाजिक सञ्जाल (खासगरी फेसबुक) मार्फत सार्वजनिक गरेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप