आर्थिक वर्ष २०८१/८२–२०८४/८५
नेफ्स्कूनको छैठौं रणनीतिक व्यावसायिक योजना व्यवस्थापनलाई हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको छैठौं रणनीतिक व्यावसायिक योजना व्यवस्थापनलाई हस्तान्तरण

काठमाडौं । नेफ्स्कून सञ्चालक समितिको तर्फबाट संघको छैठौं रणनीतिक व्यावसायिक योजना व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।

संघको केन्द्रीय कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले संघका व्यवस्थापन प्रमुख डा. शिवजी सापकोटालाई नयाँ रणनीतिक व्यावसायिक योजना कार्यान्वयनका लागि हस्तान्तरण गर्नुभएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघको नयाँ रणनीतिक योजना (आर्थिक वर्ष २०८१/८२–२०८४/८५) कार्यान्वयनमा आएको हो ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा तथा सञ्चालकहरु मन्दरा मिश्र, सिता ढकाल पौडेल, नवराज अर्याल,  देवकुमार श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य दुर्गा तिवारी सञ्जेल सहभागी हुनुहुन्थ्यो भने संघका सहायक कार्यकारी अधिकृतहरु लगायत व्यवस्थापनको उपस्थिति थियो ।

नेफ्स्कूनको पाँचौ रणनीतिक योजना कार्यान्वयनको अवधि २०८१ असारमा सकिएसँगै छैठौं रणनीतिक व्यावसायिक योजना नयाँ आर्थिक वर्षबाट लागू भएको हो ।

संघको सञ्चालक समिति र उच्च व्यवस्थापनले पाँचौ रणनीतिक योजनाको गहिरो र फराकिलो समीक्षासहित समय, परिस्थिति र साकोस अभियानको अपेक्षा सम्बोधन गर्ने गरी नयाँ रणनीतिक योजना निर्माण गरेको हो । 

कार्यक्रममा संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ रणनीतिक योजना कार्यान्वयनमा आएको जानकारी गराउँदै कुनै अलमलविना यसलाई परिणाममुखी बनाउन व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब प्रविधि हाम्रो प्रायोरिटी हो । प्रविधिकरणको दिशामा भए गरेका कामलाई थप पोलिसिङ गर्दै अघि बढ्नुपर्छ । अर्को भनेको वित्तीय सहकारी ऐनको विषय मुलुकको साकोस अभियानको अर्को अनिवार्य आवश्यकता हो । नेफ्स्कूनको छैठौं रणनीतिक योजनामा समेटिएका यी विषयसँगै अन्य वित्तीय लक्ष्यहरु कार्यान्वयनमा सबैको एकताबद्ध र सार्थक प्रयास रहनेमा सिङ्गो सञ्चालक समिति विश्वस्त छ ।’ 

सबैले एउटै स्पिड र स्पिरिटमा काम गर्दा जस्तै कठिनाइ आएपनि लक्ष्य हासिल गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘नेफ्स्कूनकले अनुकरणीय बन्ने गरी काम गर्नुपर्छ ।’ नेफ्स्कूनमा नयाँ सञ्चालक समिति निर्वाचित भएयता विविध चुनौतीहरुका बीच अत्यन्त उत्साहप्रद ढंगले काम भएको भन्दै सञ्चालक समितिका अलावा व्यवस्थापनलाई विशेष धन्यवाद दिनुभयो ।

संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारीहरुले योजना निर्माण गर्दा सधैं सदस्यलाई केन्द्रमा राखेर गर्नुपर्ने भन्दै संघले पनि आफ्ना सदस्य संघ संस्थालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा छलफल र निर्णयले हाम्रा सदस्यहरुलाई कस्तो प्रभाव पार्छ भनेर सधै चिन्तन गर्नुपर्छ ।’ रणनीतिक योजनाले निर्दिष्ट गरेका ध्येय, रणनीति, परिकल्पना र उद्देश्यहरुलाई उपलब्धिमूलक बनाउनुपर्ने आवश्यतामा जोड दिदैं उहाँले भन्नुभयो, ‘कार्यसम्पादनमा गति यति र लयको तादात्म्य हुनुपर्छ ।’  

संघका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यसम्पादनमा आधारित नतिजामुखी व्यवस्थापनमा जोड दिदैं नेफ्स्कूनको छविलाई थप उजिल्याउने गरी दत्तचित्त भएर काममा लाग्न व्यवस्थापन समूहलाई उत्प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैले ध्यान दिनुपर्ने मुल विषय भनेको प्रश्न नउठ्ने गरी कार्य सम्पादन गर्नुपर्छ । व्यक्ति होइन विधिलाई प्रधानतामा राखेर काम गर्नुपर्छ ।’

संघका महासचिव घनश्याम अधिकारीले अघिल्लो योजनाको घनीभूत समीक्षा गर्दै नयाँ रणनीतिक योजना तर्जुमा गरिएको भन्दै सबै मिलेर यसलाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले साकोस अभियानको ‘नेटवर्क म्यानेजमेन्ट’ को विषयलाई आधार मानेर संघको रणनीतिक मार्गचित्र तयार गरिएको उल्लेख गर्नुभयो ।

यस्तै, संघका कोषाध्यक्ष दिपक थापाले परिस्थितिको गम्भीरता र गहन दायित्वबोधका साथ सबै एकजुट भएर योजनालाई सफलीभूत बनाउन लागिपर्नुपर्ने अवस्था औंल्याउनुभयो । उहाँले विगतका कमी कमजोरीहरु सच्याउँदै अघि बढ्नुपर्ने पनि बताउनुभयो । कोषाध्यक्ष थापाले भन्नुभयो, ‘पछिल्लो समय नेफ्स्कूनले लय पक्रेको छ । अब परिणाममुखी कामका लागि सबै कटिबद्ध भएर लाग्नुपर्छ ।’ 

यस्तै, कार्यक्रममा सहभागी संघका सञ्चालकहरुले पनि छैठौं रणनीतिक योजनालाई कार्यान्वयनमा सफल बनाउन एकभएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले रणनीतिक मार्गचित्रको मुख्य विशेषता समावेश गरिएको प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले साकोस अभियानको एउटै बोली र पृथकता पस्कने गरी दीर्घकालीन योजना निर्माण भएको बताउनुभयो ।

२०४५ बाट सुरु भएको नेफ्स्कून नेतृत्वको नेपालको साकोस अभियान जागरण, प्रवर्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चिितत हुँदै सञ्जाल व्यवस्थापनमा पुगेको उल्लेख गर्नुभयो । सन् २०१३ मा नेपालमा सम्पन्न ओकू फोरममा क्यानेडियन बचत ऋण सहकारी अभियन्ताले एकीकृत साकोस सञ्जालका विषयमा प्रस्तुतिकरण गरेको स्मरण गराउँदै त्यसयता यो विषयलाई नेपालको साकोस अभियानले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो रणनीतिक योजना महत्वाकांक्षी भन्दा व्यावहारिक र वस्तुगत छ । समग्र साकोस अभियानको वित्तीय स्वास्थ्यलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको छ । उहाँले सदस्य संघ संस्थाहरुको वृद्धि र विकास, नीतिगत एकरुपता र प्रविधिलाई प्राथमिकतामा राखी एकीकृत साकोस सञ्जाल गरी ३ वटा विषयलाई रणनीतिक योजनाले प्रधानमा राखेको उल्लेख गर्नुभयो ।

यस्तै, सदस्य संघ संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षणसँगै अनुगमनको संयन्त्रका रुपमा स्थिरीकरण कोषलाई विकास गर्दै अघि बढ्ने योजना उहाँले सुनाउनुभयो । रणनीतिक योजनाका लक्ष्यहरु हासिल गरी साकोस अभियानलाई थप समृद्ध बनाउने दिशामा नेफ्स्कूुन व्यवस्थापन प्रतिबद्ध भएर लाग्ने विश्वास पनि प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले दिलाउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप