साकोसमा जोखिम सुपरिवेक्षण गोष्ठी प्युठानमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसमा जोखिम सुपरिवेक्षण गोष्ठी प्युठानमा सम्पन्न

काठमाडौं । साकोसमा जोखिम सुपरिवेक्षण तथा आधारशिला सम्बन्धी १ दिने गोष्ठी प्युठानमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ प्युठानको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा उक्त गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा जिल्लास्थित साकोसहरुका अध्यक्ष, सचिव र व्यवस्थापकहरुको सहभागिता थियो ।

गोष्ठीमा बचत तथा ऋण सहकारीहरुको दिगो विकासको अवधारणा, जोखिमका क्षेत्रहरु, PEARLS प्रणाली, जोखिम समाधानका उपायहरुसँगै नेफ्स्कूनले सञचालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्धताको प्रक्रिया र प्रतिफलबारे विस्तृत प्रस्तुतीकरण सहित जानकारी गराइएको थियो 

गोष्ठीका सहभागीहरुले नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा संस्थागत निर्णय गराइ आवद्ध हुने प्रतिबद्धता व्यक्त गरेक थिए भने प्युठान ४ जुम्री बाहाँजोरी साकोसले कार्यक्रमको दौराननै कर्ब्स कार्यक्रममा आवद्ध भएको थियो । यस अघिनै जिल्ला बचत संघले जिल्ला भरका बचत ऋण सहकारी हरुलाई कर्ब्समा आबद्व गराउने निर्णय भएको जानकारी अध्यक्षले गराउनुभयो ।

यसैबीच, उममेयर बर्माले नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रममा पनि पालिकाले सम्झौता गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साउन ५ गते सम्पन्न गोष्ठीमा प्रमुख अतिथि प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा, जिल्ला संघका अध्यक्ष भोज बहादुर बस्नेत, नेफ्स्कून सदस्य सेवा कार्यालय दाङ उपसमिति सदस्य एवम् विजय फुलबारी साकोसका अध्यक्ष नेत्रमणि आचार्य, जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोखरेल, बचत संघका संस्थापक अध्यक्ष लोकबहादुर बस्नेत लगायतले साकोसहरुमा जोखिम सुपरिवेक्षणको आवश्यकता बारे धारणा राख्नुभएको थियो ।

नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले प्राविधिक सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय इन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप