ओकू वार्षिक साधारणसभा- २०२४
'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'
राधा पौडेल
- राधा पौडेल
'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्व ऋण परिषद् (ओकू) को निर्वाचनमा आफ्नो उम्मेदवारीको विषयलाई लिएर शुभेच्छा एवम् शुभकामना व्यक्त गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्नुभएको छ । ओकू सञ्चालक समितिको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएर प्रजातान्त्रिक पद्धतिमा सामेल भएको भन्दै उसले नेफ्स्कूनको उच्च प्रशंसा गरेको उहाँले जानकारी गराउनुभयो ।

विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ को अवसरमा आयोजित ओकूको वार्षिक साधारण सभामा नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष ढकालले सञ्चालक सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो । निर्वाचन भर्खरै सम्पन्न भएको भन्दै अध्यक्ष ढकालले ४ जना सदस्यहरुमा पुरानै सञ्चालकहरु दोहोरिनुभएको जानकारी गराउनुभयो ।

ओकूका उपाध्यक्ष माइकल लरेन्स, दक्षिण कोरियाली केन्द्रीय बचत संघ नाकुफोकका अध्यक्ष योन्सिक किम, ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर ला बोर्डसँगै विभिन्न मुलुकका सहभागीहरुले नेफ्स्कूनलाई निर्वाचनमा सहभागी भएकोमा धन्यवाद दिनुभएको थियो ।  नेपाली साकोस अभियानको लागि निर्वाचनमा सफलता भन्दा पनि सहभागिता ठूलो कुरा रहेको भन्दै उहाँले यसले भविष्यमा थप सम्भावनाको ढोका खोल्ने बताउनुभयो ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले बोस्टनबाट भन्नुभयो, ‘निर्वाचनमा सफलता भन्दा पनि यसको सुन्दर अभ्यासमा नेफ्स्कून सहभागी भएकोमा ओकू सञ्चालक समितिका साथै अन्य सहभागीहरुले हाम्रो प्रशंसा गर्नुभयो । उहाँहरुले यसलाई राम्रो प्राक्टिस भन्नुभयो । हाम्रा लागि यो सुन्दर सिकाइ भएको छ ।’ अध्यक्ष ढकालले थप्नुभयो, ‘निर्वाचनको विषयलाई लिएर शुभकामना र शुभेच्छा व्यक्त गर्ने सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु ।’

साथै उहाँले नेपाली साकोस अभियानका विषयमा सहभागीहरुले अभिरुचि लिएको पनि बताउनुभयो । विश्व क्रेडिट युनियन सम्मेलनमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा पनि सहभागी हुनुहुन्छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप