ओकू वार्षिक साधारणसभा- २०२४
'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'
साकोस आवाज
- साकोस आवाज
'नेपालको प्रयास ओकूद्वारा प्रशंसित; शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्व ऋण परिषद् (ओकू) को निर्वाचनमा आफ्नो उम्मेदवारीको विषयलाई लिएर शुभेच्छा एवम् शुभकामना व्यक्त गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्नुभएको छ । ओकू सञ्चालक समितिको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएर प्रजातान्त्रिक पद्धतिमा सामेल भएको भन्दै उसले नेफ्स्कूनको उच्च प्रशंसा गरेको उहाँले जानकारी गराउनुभयो ।

विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ को अवसरमा आयोजित ओकूको वार्षिक साधारण सभामा नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष ढकालले सञ्चालक सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो । निर्वाचन भर्खरै सम्पन्न भएको भन्दै अध्यक्ष ढकालले ४ जना सदस्यहरुमा पुरानै सञ्चालकहरु दोहोरिनुभएको जानकारी गराउनुभयो ।

ओकूका उपाध्यक्ष माइकल लरेन्स, दक्षिण कोरियाली केन्द्रीय बचत संघ नाकुफोकका अध्यक्ष योन्सिक किम, ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर ला बोर्डसँगै विभिन्न मुलुकका सहभागीहरुले नेफ्स्कूनलाई निर्वाचनमा सहभागी भएकोमा धन्यवाद दिनुभएको थियो ।  नेपाली साकोस अभियानको लागि निर्वाचनमा सफलता भन्दा पनि सहभागिता ठूलो कुरा रहेको भन्दै उहाँले यसले भविष्यमा थप सम्भावनाको ढोका खोल्ने बताउनुभयो ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले बोस्टनबाट भन्नुभयो, ‘निर्वाचनमा सफलता भन्दा पनि यसको सुन्दर अभ्यासमा नेफ्स्कून सहभागी भएकोमा ओकू सञ्चालक समितिका साथै अन्य सहभागीहरुले हाम्रो प्रशंसा गर्नुभयो । उहाँहरुले यसलाई राम्रो प्राक्टिस भन्नुभयो । हाम्रा लागि यो सुन्दर सिकाइ भएको छ ।’ अध्यक्ष ढकालले थप्नुभयो, ‘निर्वाचनको विषयलाई लिएर शुभकामना र शुभेच्छा व्यक्त गर्ने सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु ।’

साथै उहाँले नेपाली साकोस अभियानका विषयमा सहभागीहरुले अभिरुचि लिएको पनि बताउनुभयो । विश्व क्रेडिट युनियन सम्मेलनमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा पनि सहभागी हुनुहुन्छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप