काठमाडौं । विश्व क्रेडिट युनियन अभियानको सबैभन्दा प्रतिष्ठित सम्मान Distinguished Service Award (डिएसए) आइरिस तथा ब्रालिलियन क्रेडिट युनियन स्वयंसेवीहरु क्रमशः टेड (टिमोथी) ओ सुलिभन र आर्नल्डो जार्डिमलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
अमेरिकाको बोस्टनमा आयोजित विश्व ऋण परिषद् (ओकू) को वार्षिक साधारण सभाका अवसरमा दुई अभियन्तालाई उक्त सम्मान प्रदान गरिएको हो ।
ओकूले प्रदान गर्ने विश्व क्रेडिट युनियनको सबैभन्दा ठूलो सम्मान हो । क्रेडिट युनियन अभियानको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओकूको सदस्य संघ संस्था सम्वद्ध अभियन्तालाई यो सम्मान प्रदान गरिदैं आएको छ । खासगरी आफ्नो मुलुकबाहिरको क्रेडिट युनियन अभियानको प्रवर्धन र विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति एवम् संस्थालाई उक्त सम्मान प्रदान गरिदैं आएको छ ।
ओकूले विशेषत आफ्नो उद्देश्य र योजनाअनुरुप क्रेडिट युनियनमार्फत वित्तीय समावेशीता प्रवर्धनमा भूमिका खेल्ने व्यक्ति अथवा संस्थालाई सम्मानित गर्ने गर्दछ । सम्मानका लागि ओकूले विश्वभरका आफ्ना सदस्य संस्थाहरुलाई यस्तो भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्था मनोनयन गरी पठाउन आग्रह गरेको थियो ।
टेडले लामो समयदेखि एलिभेट क्रेडिट युनिनयका सञ्चालक समितिमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आउनुभएको छ । पुरस्कारका लाग उहाँलाई आयरल्याण्डको केन्द्रीय बचत संघ आइरिस लीग अफ क्रेडिट युनियन (आइएलसीयू) ले सिफारिश गरेको थियो । उहाँले आइएलसीयू अन्तर्गतको .....मा रही इथोपिया, गाम्बिया, सियरा लियोन, युगाण्डा लगायतका अफ्रिकी मुलुकमा क्रेडिट अभियानको विकास र प्रवर्धनमा १५ वर्ष भूमिका खेल्नुभएको छ ।
यसैगरी, ब्राजिलको क्रेडिट युनियनहरुको केन्द्रीय संघ सिक्रेडीको सिफारिशमा जार्डिमले ब्राजिल तथा ल्याटिन अमेरिकी मुलुकहरुमा सहकारीहरुमार्फत जलवायु परिवर्तनको मुद्दाहरुमा बहसपैरवी गर्दै आउनुभएको छ ।
अघिल्लो वर्ष उक्त सम्मान ओकूका पूर्व प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्च र युक्रेनी फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत ओलेग लेबेड्कोले प्राप्त गर्नुभएको थियो । क्रेडिट युनियन क्षेत्रको नोबेल पुरस्कार मानिने यो सम्मान ओकूले सन् १९८६ बाट प्रदान गर्दै आएको छ ।
११ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२६ दिन अगाडि
१८ दिन अगाडि
१८ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
२४ दिन अगाडि
३१ दिन अगाडि