नतिजा आउने गरी काम गर्न कर्मचारीहरुलाई सहकारी मन्त्रीको निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नतिजा आउने गरी काम गर्न कर्मचारीहरुलाई सहकारी मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताउनुभएको छ ।

मन्त्रालयमा शुक्रवार सरुवा भएर आउनुभएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र बिभागीय प्रमुखलाई निर्देशन दिदैं मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अब जनताको अवस्था परिर्वतन गर्ने बेला भएको बताउनुभयो । 

शुक्रबारै मन्त्रालयमा पदबहाली गरेका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सरकारको सोच र मन्त्रीको निर्देशन अनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिवद्धता ब्यक्त गर्नुभयो । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा बिषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियामावलीको निमार्ण, संसोधन र परिमार्जन गरेर भए पनि स्थायीरुपमा भूमिहिन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न मन्त्रीले निर्देशन दिनुभयो । 

त्यसैगरी सहकारी क्षेत्रमा देखिएका विकृति हटाउन अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्वपुर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको बिश्वास बढ्ने बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप