नवनियुक्त सहकारी सचिवलाई नेफ्स्कूनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त सहकारी सचिवलाई नेफ्स्कूनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव अर्जुन प्रसाद पोखरेललाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नवनियुक्त सचिव अर्जुन प्रसाद पोखरेललाई भेटी संघसँगै समग्र अभियानको तर्फबाट हार्दिक बधाईसँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । भेटमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।

उक्त भेटमा अध्यक्ष ढकालले सहकारी अभियानको समसामयिक विषयमा सचिव पोखरेललाई जानकारी गराउनुभएको थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सचिवज्यूले अभियानको विषयसँगै नेफ्स्कूनको बारेमा मैले राखेको कुराहरु अत्यन्त अभिरुचिपूर्वक सुन्दै मन्त्रालय र सहकारी अभियानबीच निकट र सौहार्दपूर्ण सम्बन्धबाटै सहकारी क्षेत्रका समस्याहरु सम्बोधन गरी विकास र समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।’

अध्यक्ष ढकालले सहकारीमा लाग्ने आयकरलाई विद्यमान सहकारी ऐन अनुरुप कायम गर्नुपर्ने विषयदेखि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष लगायतका सममायिक विषयमा सचिवलाई अवगत गराउनुभएको थियो ।

सचिव पोखरेलले यावत् विषयसँगै समग्र साकोस अभियानका सम्बन्धमा चाँडै नेफ्स्कूनको टीमसँग बसेर विस्तृत छलफल गर्ने जानकारी गराउनुभएको अध्यक्ष ढकालले बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप