सगुन साकोसले रजत बर्ष भर २५ सामाजिक क्रियाकलाप गर्ने, हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसले रजत बर्ष भर २५ सामाजिक क्रियाकलाप गर्ने, हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

श्रावण १७, हरिवन सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्था लि. हरिवनले २५ औं गौरवमय बर्ष (रजत जयन्ती) को अवसर पारेर यो वर्षभर २५ सामाजिक क्रियाकलाप गर्ने भएको छ । जसअनुसार हिजो  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।  

रजत जयन्तीको अवसरमा बर्षभर २५ सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम आयोजित माध्यमिक विद्यालय (९–१२) स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जिल्लाभरका १५ विद्यालयको  सहभागिता थियो । कार्यक्रमा सहभागी विद्यार्थीहरुलाई तिनवटा राउन्डमा प्रतिस्पर्धा गराइएको थियो ।

संचालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरुको सक्रिय सहभागितामा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रमा उपाध्यक्ष तारादेवी सुवेदीले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य, कोषाध्यक्ष बिनोद कार्कीले वित्तीय विश्लेषण, संस्थापक अध्यक्ष बाबुराम घिमिरेले सहकारी इतिहास बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रम संचालन सचिव राज कुमार उप्रेतीले संचालन गर्नु भएको थियो । शिक्षक पुष्प राज श्रेष्ठले सहजीकरण गर्नुभएको दोस्रो सत्रमा पहिलो राउन्ड जेनरल राउन्ड (सगुन सहकारी र सहकारी क्षेत्र) बारे ज्ञान, दोस्रो राउन्ड विषयगत राउन्ड (भुगोल, इतिहास, आईक्यू, सूचना प्रविधि, समसामयिम ज्ञान), तेस्रो राउण्ड (र्यापिड फायर) गरी प्रतिस्पर्धा गराइएको थियो ।

श्री महादेव जनता मा.वि हरिवन बाट सहभागी बिभु भट्टराई र दृष्टि दास तत्माको समुहले प्रथम स्थान हासिल गरेको थियो भने प्रतिस्पर्धामा ज्ञानोदय सेकेन्डरी स्कुल बयलबास बाट   सहभागी अरमान मिकरानी र सुस्मिता कुशवाहको समुह द्धितिय, सर्लाही एम्विसन एकेडेमिबाट सहभागी सरोज जिम्बा र श्री स्वयता भण्डारीको समुह तृतीय र श्री जानकी मा।वि लालबन्दीबाट सहभागी पुरुषोत्तम कुमार कुशवाह र रिया खड्काको समुहले सान्त्वना स्थान हासिल गरेको थियो । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, र सान्त्वना पुरस्कार क्रमशः रु ६६६६, रु ५३३३, रु ४००० तथा रु २६६६ राखिएको थियो ।
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप