‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’
आज ३७औं स्थापना दिवस मनाउँदै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ३७औं स्थापना दिवस मनाउँदै नेफ्स्कून

काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज आफ्नो ३७औं स्थापना दिवस मनाउँदैछ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले ३६ औं वर्षको इतिहास पूरा गरेको छ ।

आज दिउँसो १ बजे काठमाडौंमा आयोजना हुने स्थापना दिवस समारोहको सबै तयारी पूरा भएको छ । औपचारिक कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहनुहुनेछ । यसैगरी, कार्यक्रममा नियामक निकायका साथै नेफ्स्कूनका पूर्व अध्यक्षहरु, सञ्चालकहरु, तथा व्यवस्थापन प्रमुखहरु, अभियानका अग्रजहरु, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष, पदाधिकारी तथा महाप्रबन्धक, संघको विकास साझेदार निकायका प्रतिनिधिहरु, संञ्चारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह लगायतको सहभागिता रहनेछ । 

२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिनलाई नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील यस संघले ‘एउटै अभियानः एउटै आवाज, सुरक्षित साकोसः समुन्नत समाज’ भन्ने भाव सहित आफ्नो ३७औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागेको हो । 

संघ २०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पुर्याउने व्यक्तिहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापकहरु एवम् गुणस्तरीय सदस्य सेवामा समर्पित संघ संस्थाहरुलाई सम्मान पुरस्कार घोषणा गर्दैछ । स्थापना दिवसमा घोषित सम्मान पुरस्कार नेफ्स्कूनले वार्षिक साधारणसभामा प्रदान गर्दै आएको छ । 

यसैगरी, संघको छैठौं रणनीतिक व्यावसायिक योजना (आ.व. २०८१/८२ देखि आ. व. २०८४/८५) सार्वजनिक गर्ने, सदस्य संघ संस्थाहरुमा सुशासन प्रवर्धनका लागि एकीकृत स्वनियमन मार्गदर्शन जारी गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन्नमा संघले संञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई दिक्षित गर्ने कार्यक्रम रहेको छ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप