३७औं स्थापना दिवसको पूर्वसन्ध्यामा
नेफ्स्कूनद्वारा अग्रजहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा अग्रजहरुसँग अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ३७औं स्थापना दिवसको पूर्व सन्ध्यामा आज अग्रजहरुसँग अन्तरक्रिया गरेको छ । नेफ्स्कूनका स्थापनाकालका सञ्चालकहरुदेखि, पूर्व सञ्चालकहरु, लेखा सुपरिवेक्षण समितिका रहनुभएका अग्रजहरु, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष लगायतहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल तथा समितिका सदस्यहरु, संघका पूर्व अध्यक्षहरु कैलाशभक्त प्रधानाङ्ग, मिनराज कडेल, डीबी बस्नेत, निवर्तमान अध्यक्ष परितोष पौड्याल, पूर्व उपाध्यक्ष पार्वती राई खाँड लगायतको उपिस्थिति थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले अग्रजहरुलाई सम्मान गर्ने, सुझाव ग्रहण गर्ने, मार्गनिर्देशन लिने संघको संस्कृति रहेको बताउनुभएको थियो भने बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत गर्दै अग्रजहरुलाई सम्मानभाव प्रकट गर्नुभएको थियो । साथै उहाँहरुले अग्रजहरुले देखाएको बाटोमा सुशासित, मर्यादित, पारदर्शी र सदस्य सेवी भएर अघि बढ्ने भन्दै समयसमयमा उहाँहरुबाट सुझाव र मार्गनिर्देशनको लाागि आग्रह समेत गर्नुभयो ।

नेफ्स्कूनका पूर्व अध्यक्षहरुसँगै उपस्थित सबै अग्रजहरुले संघको गरिमा बढाउँदै लाने दिशामा सक्रिय, सुशासित, मर्यादित, विश्वसनीय हुँदै परिस्थितिको गम्भीरतालाई बुझेर काम गर्न सुझाव राख्नुभएको थियो भने आवश्यक पर्दा संघका लागि समय, सुझाव र सहयोग गर्न सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँहरुले स्थापना दिवसको अग्रिम शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो भने संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघको इतिहास, वर्तमान अवस्था, भोजराज घिमिरेदेखि वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसम्मको योगदान, संघको छैठौं रणनीतिक मार्गचित्र समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप