यो महिनाभित्र ऋण असुली न्यायाधिकरण आइसक्छः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यो महिनाभित्र ऋण असुली न्यायाधिकरण आइसक्छः नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले ऋण असुली न्यायाधिकरण यो महिना भित्रमा आइसक्ने बताउनुभएको छ । जागृत कुशादेवी साकोसको आयोजनामा साकोसकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा आज भएको कार्यक्रमका प्रमुख अतिथि ढकालले सहकारी ऐनले व्यवस्था गरेको ऋण असुली न्यायाधिकरण अब धेरै लामो पर्खाइको विषय नहुनेमा सहभागीहरुलाई आश्वस्त पार्नुभएको हो ।

यसैगरी, उहाँले सञ्जाल साझेदारीको विषय द्रुत रुपमा अघि बढेको, लीडरशीप बुटक्याम्प, रणनीतिक व्यावसायिक योजना निर्माण सम्पन्न भई लागू भएको, ऋण असुलीलाई तीब्रता दिइएको भन्दै केन्द्रीय संघका पछिल्ला गतिविधिहरुबारे  सहभागीहरुलाई जानकारी गराउनुभएको हो । साथै, उहाँले नेफ्स्कूनले विकास गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) सहकारी विभागबाट प्रमाणीकरण गराइने समेत जानकारी गराउनुभयो ।

 उहाँले सहकारीमार्फत नै सदस्य र समुदायका यावत समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै अभियानको नेतृत्वले यो कुरा देख्नु र बुझ्नुपर्ने बताउनुभयो । 

नेफ्स्कून अध्यक्ष ढकालले सहकारिता र स्वयंसेवी भावना फरक विषय नभएको भन्दै यदि पृथक ठानियो भने सहकारी दुब्लाउने बताउनुभयो । उहाँले सहकारिता, स्वयंसेवी भावना र क्षमतावान कर्मचारी भएमा संस्था सशक्त बन्ने बताउनुभयो । कार्यक्रममा जागृत कुशादेवी साकोसका बिशिष्ट सल्लाहकार इन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

व्यवस्थापन भित्र दक्षता भएन भने त्यसले उत्पादकत्व ल्याउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । यसैगरी, नेफ्स्कून अध्यक्ष ढकालले संस्था स्थापनाको ध्येय भुल्यौं भने अस्तित्व गुमाउँदछौं भन्दै ध्येयलाई ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप