मिलिजुली कालिञ्चोक साकोसले मनायो ३२ औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसले मनायो ३२ औं स्थापना दिवस

चरिकोट, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान र संस्थाका शेयर सदस्य लगाएत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता, बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काको प्रमुख आतित्थ्यता, जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भूमिराज खड्का, नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति ईश्वरी प्रसाद दाहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तब्य निवर्तमान अध्यक्ष नारायण बहादुर श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका ब्यवस्थापक रमेश सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष, संरक्षक, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उपसमिति, सम्मानीत सदस्य एवं बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रुमख अतिथि लगायत अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तब्यको क्रममा बक्ताहरुले नीति, बिधि र प्रविधिलाई आत्मसाथ गर्दै सुशासनमा सञ्चालित सहकारी संस्थाहरु सदस्यसेवा उन्मुख भएको र आगामी दिनमा ऐन, नियमावली, संस्थाको विनियम र बिभिन्न कार्यविधिहरुलाई आत्मसाथ गर्दै शेयर सदस्य सेवामा तल्लीन हुनुपर्ने कुरा बताउनु भयो । मन्तब्यका क्रममा सहकारी संस्थालाइ सुशासनमा सञ्चालन गर्नको लागि संघहरुले सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने तथा संस्थाको आकार नभई गुणस्तर बिकास गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । मन्तब्यकै क्रममा नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापतिले रक्त संकलन तथा बितरण प्रक्रिया बारे प्रस्टयाउनु भएको थियो । स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा १४ जना महिला र २१ जना पुरुष गरी ३५ जनाले रक्तदान गर्नुभयो । 

स्थापना दिवसको अवसरमा आ.ब. २०८०/०८१ मा उत्कृष्ट डिजिटल कारोवार गर्ने शेयर सदस्य लगाएत अन्य कारोवारमा उत्कृष्ट शेयर सदस्य, पूर्व सञ्चालक, पूर्व लेखा सुपरिवेक्षण समिति, पत्रकार, बालबचतकर्ता, बर्ष उत्कृष्ट कर्मचारी लगाएतका बिभिन्न बिधाहरुमा सम्मान तथा पुरस्कार प्रदान गरीएको थियो । संस्थामा आ.ब. २०८१/०८२ श्रावण मसान्त सम्ममा कुल वासलात १ अर्ब २८ करोड ६५ लाख ९४ हजार २३१ रुपैया वासलात पुगेको छ भने २३,८६८ शेयर सदस्य र ८,३३६ बालबचतकर्ता पुग्नु भएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताउनु भयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप