धन वर्षा साकोस: १४औं वार्षिक साधारण सभा
सहकारिता बिनाको सहकार्य स्थायी हुँदैन: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारिता बिनाको सहकार्य स्थायी हुँदैन: नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले साँचो अर्थमा सहकारिताको भावना बिनाको सहकार्यले स्थायित्व प्राप्त गर्न नसकिने बताउनुभएको छ । सहकारिताको मर्म, मूल्य र सिद्धान्त बिनाको सहकार्य केवल क्षणिक हुने भन्दै त्यो चीरस्थायी नहुने उहाँले स्पष्ट पार्नुभयो ।

'सिद्धान्त, मूल्य र मान्यताको जगमा नअडिई केवल सहकार्यका लागि सहकार्य दिगो हुँदैन, अध्यक्ष ढकालले भन्नुभयो, 'सहकारी क्षेत्रमा लाग्ने हामीहरुमा सहकारितालाई आधार बनाएर सहकार्य हुनुपर्छ ।'

अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारीको नेतृत्व स्वयंसेवी हुन नसक्दा सहकारी कमजोरी भएको हो, हामीले स्वीकार्नुपर्छ । त्यही भएर हामी सहकारीका नेतृत्वले स्वयंसेवी भावका साथ सदस्यहरुको हितका लागि फराकिलो मन र गहिरो चिन्तनका साथ काम गर्नुपर्छ ।’

बुटवलस्थित धन वर्षा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभामा आज बोल्दै नेफ्स्कून अध्यक्ष ढकालले सदस्यहरुको विश्वासको जगमा अडिने सहकारीले समुदायको समृद्धिका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो । अनिमात्र सहकारी सबैको बन्न सक्ने भनाइ अध्यक्ष ढकालको थियो ।

संस्थाका अध्यक्ष राधा कृष्ण देउलाको अध्यक्षतामा आयोजित सभामा नेफ्स्कून अध्यक्ष ढकालले सहकारी समुदायको सारथी बन्नसक्नुपर्नेमा जोड दिनुभयो । सदस्यहरुमा पनि संस्थाप्रति अपनत्वसँगै दायित्वबोध हुनुपर्ने उहाँले बताउनुभयो । जबसम्म सहकारीका सदस्यहरुमा सहकारिता झल्कदैन तबसम्म सहकारी साँच्चिकै सहकारी बन्न नसक्ने उहाँको भनाइ थियो ।

नेफ्स्कूनले सदस्यहरुको हितलाई ध्यानमा राखेर छैठौं रणनीतिक योजना निर्माण गरी लागू गरेको उल्लेख गर्दै उहाँले त्यसमा पनि स्वनियमन र सुशासनको विषय प्राथमिक रहेको बताउनुभयो । करारीय ऐक्यबद्धताका आधारमा स्रोतहरुको आदानप्रदान, स्तरीय कार्य सञ्चालन तथा सञ्जाल व्यवस्थापनका विषयहरुलाई नेफ्स्कूनले रणनीतिक मार्गचित्र बनाएको अध्यक्ष ढकालले जानकारी गराउनुभयो । पाँचौ योजनाको समीक्षा गर्दै अझै सदस्य केन्द्रित गर्न सदस्यहरुले बेलाबखत दिएका सुझावहरु, अघिल्लो साधारण सभामा व्यक्त भावनाहरु र विभिन्न मञ्च, फोरम तथा माध्यमबाट प्राप्त विचारहरु संश्लेषण गर्दै रणनीतिक मार्गचित्रमा तिनलाई कुनै न कुनै हिसाबले समेट्न खोजिएको उहाँले स्पष्ट पार्नुभयो ।

धनवर्षा साकोस बुटवल अटो इन्जिनियरिङ्ग एसोशिएसनमा आवद्ध अटो व्यवसायीहरुको आर्थिक उन्नत व्यवसाय प्रवर्धनको सोचका साथ अटो इन्जिनियरिङ्ग एसोशिएसनको तत्कालिन नेतृत्वतहले दीर्घकालीन सोच राखी साझा विचार र निष्कर्ष र सहमतीको आधारमा २०६७र४र२३ गते डिभिजन सहकारी कार्यालय भैरहवाबाट विधिवत रुपमा संस्था दर्ता गरी सञ्चालित संस्था हो ।

संस्थाको कार्यालय बुटवल–२, मैनावगरमा अवस्थित छ । संस्थाले उक्त क्षेत्रका बासिन्दाहरु र अटो व्यवसायीहरुको आर्थिक स्तर कसरी रुपान्तरण गर्न सकिन्छ भनि यसैमा केन्द्रित रही वित्तीय क्षेत्रमा निरन्तररुपमा  आफ्नो दैनिक कार्य संचालन गर्दै आइरहेको छ ।

वित्तीय समस्या समाधानको लागि समुदायको पहिलो रोजाइ, धनबर्षा सहकारी संस्था लि. भन्ने परिकल्पना बोकेको साकोसको ध्येय वित्तीय क्षेत्रमा प्रतिस्पर्धी एवं गुणस्तरीय सेवा प्रदान गर्ने, सहकारीको भावना अनुसार सदस्यहरुलाई गैर वित्तीय सेवा प्रदान गर्ने, स्थानीय स्रोत साधनको उचित परिचालन र व्यवस्थापन गर्ने, सदस्यहरुको व्यवासायीकरणमा जोड दिने, आवश्यक भैतिक पूर्वाधारको विकास तथा विस्तारका साथै दक्ष जनशक्तिको उत्पादन गरी संस्थागत विकास गर्ने र सुशासनयुक्त समावेशी संस्थाको रुपमा प्रतिष्ठित गर्ने रहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप