अभियानका मुख्य मुद्दाहरुमा नेफ्स्कून ‘डाइरेक्ट’ लबिङमा छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियानका मुख्य मुद्दाहरुमा नेफ्स्कून ‘डाइरेक्ट’ लबिङमा छ

काठमाडौैं । नेफ्स्कूनले सहकारी अभियानका मुख्य मुद्दाहरुमा सरकार तथा सरोकारवालाहरुसँग प्रत्यक्ष तथा नियमित सम्पर्कका साथ पैरबीमा रहेको जनाएको छ । सहकारी अभियानसँग सम्बन्धित जल्दाबल्दा सबै विषयमा नेफ्स्कून ‘लबिङ एड्भोकेसी’ मा रहेको संघले जनाएको हो ।

‘सहकारीका मुख्य विषयमा हामी डाइरेक्ट लबिङमा छौं, ’संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज साकोस आवाजसँग भन्नुभयो, ‘स्थिरीकरण कोषको कार्यविधि संशोधनदेखि कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द तथा बचत ऋण सुरक्षण कोषको स्थापनाका विषयमा हामी नियामकीय निकायमार्फत विभागीय तथा अन्तरसम्बन्धित मन्त्री एवम् ब्यूरोक्रेट्ससँग बसेका छौं ।’ उहाँले स्थिरीकरण कोषको कार्यविधि संशोधन भैसकेको तथा सहकारी ऐन कार्यान्वयनका बाँकी गाँठाहरु पनि फुक्दै गएको दाबी गर्नुभयो । 

‘न्यायाधिकरण कोष स्थापनाको विषय बजेटमै व्यवस्था भएकोले प्रक्रिया अघि बढिसकेको छ,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘कर्जा सूचना केन्द्रको विषय तथा बचत तथा सुरक्षण कोषको विषयमा पनि धेरै विषय सकारात्मक रुपमा अघि बढेको छ । अपेक्षाकृत परिणाम आउने कुरामा हामी विश्वस्त छा ।’

उहाँले नेफ्स्कूनको पहिलो काम लबिङ एड्भोकेसी नै भएपनि सबै कुरा संघ आफैले निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘ यती हुँदाहुँदै पनि सबै विषयमा सकारात्मक पहलकद्मीका साथ जोडबल प्रदान गर्ने काममा नेफ्स्कून कहीकतै चुकेको छैन, पछि परेको छैन । हामी जुनसुकै विषयमा भिजिबल भएका छौं । सरकारसँगको सुमधुर सम्बन्धका कारण पनि नेफ्स्कून सबै मुद्दाहरुको छलफलमा देखिएको छ र सुनिएको छ ।’ 

उहाँले नेफ्स्कून के गर्दै छ भन्ने विषयमा स्पष्ट पार्दै आएका छौं भन्दै बारम्बार यो विषय अभियानका धेरै भन्दा धेरै सदस्यहरु तथा अन्य सरोकारवालाहरुसँग पुग्नु जरुरी  रहेको बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘हामी सरकारसँग नियमित सम्पर्कमा छौं । बहसपैरवीमा औपचारिक मात्र होइन अनौपचारिक रुपमा समेत लागिपरेका छौं । सबैलाई म यो विषयमा विश्वस्त पार्न चाहन्छु ।’ 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप