जय इन्द्रायणी साकोस: १५औं वार्षिक साधारण सभा
समाज रुपान्तरणकारी संगठन सहकारी भएको नेफ्स्कून अध्यक्षको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समाज रुपान्तरणकारी संगठन सहकारी भएको नेफ्स्कून अध्यक्षको दाबी

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले समुदायका यावत् समस्या सम्बोधन गर्ने सामाजिक दायित्व बोेकेको रुपान्तरणकारी संगठन सहकारी भएको बताउनुभएको छ । सहकारीमार्फत सदस्यदेखि समुदायको रुपान्तरण सम्भव भएको भन्दै सामाजिक संस्था भन्दा उपल्लो दर्जा सहकारीको भएको ठोकुवा उहाँले गर्नुभयो । यद्यपि, त्यसका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिपालना भने आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि. तारकेश्वर ७, जयन्तीनगर फुटुङको १५औं वार्षिक साधारण सभा तथा मर्यादित तीज कार्यक्रममा आज बोल्दै नेफ्स्कून अध्यक्ष ढकालले यो साकोसका सदस्य बन्नुभनेको संस्थाप्रतिको प्रतिवद्धता र विश्वासको समुच्च्ता भएको अवगत गराउनुभयो । 

सहकारी क्षेत्रमा केही समस्या भएपनि धेरै अतिरञ्जना भएको बताउँदै नेफ्स्कून अध्यक्ष ढकालले विश्वासको खडेरीले विगतमा केही समस्या आएको प्रष्ट पार्दै अहिले भने परिस्थितिमा निक्कै सुधार भएकोमा विश्वस्त तुल्याउनुभयो । नेफ्स्कूनका विषयमा पनि विगतमा देखिएका समस्याहरु समाधान भएको उहाँले दाबी गर्नुभयो ।

जय इन्द्रायणी साकोसका अध्यक्ष ध्रुवराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले नेफ्स्कूनले सहकारी अभियानका मुख्य मुद्दाहरुमा सरकार तथा सरोकारवालाहरुसँग प्रत्यक्ष तथा नियमित सम्पर्कका साथ पैरबीमा रहेको बताउनुभयो । सहकारी अभियानसँग सम्बन्धित जल्दाबल्दा सबै विषयमा नेफ्स्कून ‘लबिङ एड्भोकेसी’ मा रहेको संघले जनाएको हो । ‘सहकारीका मुख्य विषयमा हामी डाइरेक्ट लबिङमा छौं, ’संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो, ‘स्थिरीकरण कोषको कार्यविधि संशोधनदेखि कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द तथा बचत ऋण सुरक्षण कोषको स्थापनाका विषयमा हामी नियामकीय निकायमार्फत विभागीय तथा अन्तरसम्बन्धित मन्त्री एवम् ब्यूरोक्रेट्ससँग बसेका छौं ।’

उहाँले स्थिरीकरण कोषको कार्यविधि संशोधन भैसकेको तथा सहकारी ऐन कार्यान्वयनका बाँकी गाँठाहरु पनि फुक्दै गएको दाबी गर्नुभयो । यसैगरी, संसदीय छानविन समितिमार्फत पनि कामहरु भैरहेको र त्यसमा पनि नेफ्स्कूनले आवश्यक सहयोग गरेको जानकारी उहाँले गराउनुभयो ।

‘न्यायाधिकरण कोष स्थापनाको विषय बजेटमै व्यवस्था भएकोले प्रक्रिया अघि बढिसकेको छ,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘कर्जा सूचना केन्द्रको विषय तथा बचत तथा सुरक्षण कोषको विषयमा पनि धेरै विषय सकारात्मक रुपमा अघि बढेको छ । अपेक्षाकृत परिणाम आउने कुरामा हामी विश्वस्त छा ।’

उहाँले नेफ्स्कूनको पहिलो काम लबिङ एड्भोकेसी नै भएपनि सबै कुरा संघ आफैले निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘यती हुँदाहुँदै पनि सबै विषयमा सकारात्मक पहलकद्मीका साथ जोडबल प्रदान गर्ने काममा नेफ्स्कून कहीकतै चुकेको छैन, पछि परेको छैन । हामी जुनसुकै विषयमा भिजिबल भएका छौं । सरकारसँगको सुमधुर सम्बन्धका कारण पनि नेफ्स्कून सबै मुद्दाहरुको छलफलमा देखिएको छ र सुनिएको छ ।’ 

उहाँले नेफ्स्कून के गर्दै छ भन्ने विषयमा स्पष्ट पार्दै आएका छौं भन्दै बारम्बार यो विषय अभियानका धेरै भन्दा धेरै सदस्यहरु तथा अन्य सरोकारवालाहरुसँग पुग्नु जरुरी  रहेको बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘हामी सरकारसँग नियमित सम्पर्कमा छौं । बहसपैरवीमा औपचारिक मात्र होइन अनौपचारिक रुपमा समेत लागिपरेका छौं । सबैलाई म यो विषयमा विश्वस्त पार्न चाहन्छु ।’ 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जय इन्द्रायणी अब्बल संस्थाको रुपमा गनिएको भन्दै साकोसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

नीति आफ्नै नेतृत्व पनि आफ्नै, त्यसैले जय इन्द्रायणीको आर्दश वाक्य बोकेको जय इन्द्रायणी साकोसका उपाध्यक्ष भक्तिराम महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभाको उपलक्ष्यमा साकोसले रक्तदान कार्यक्रम गरी सञ्चालन गरेको थियो । 

२०६६ साल भदौ २३ गते दर्ता भई असोज ३ गतेबाट सञ्चालन भएको जय इन्द्रायणी साकोस १५ वर्ष पूरा गरी १६ वर्ष प्रवेश गरेको छ । सभाले अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनसँगै विभिन्न उपसमितिको प्रतिवेदनसँगै नीति तथा कार्यक्रम पारित गरेको थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप