नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा पुस ५ गते बुटवलमा गर्ने निर्णय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा पुस ५ गते बुटवलमा गर्ने निर्णय

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिने भएको छ । 

नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आज (२०८१ असोज १४ गते सोमबार) बसेको संघको सञ्चालक समितिको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा २०८१ पुस ५ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको हो ।

संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले सञ्चालक समितिले गरेको महत्वपूर्ण निर्णयबारे साकोस आवाजलाई जानकारी गराउनुभएको हो । नेफ्स्कूनले २०६४ सालपछि पहिलो पटक काठमाडौं बाहिर वार्षिक साधारण सभा गर्न लागेको हो । बरिष्ठ उपाध्यक्ष अधिकारीले धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको बुद्धभूमिमा हुने आगामी साधारण सभामा सबै सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागिताको लागि पनि आग्रह गर्नुभएको छ । उहाँले संघीयताको मर्म अनुरुप साधारण सभा काठमाडौं बाहिर गर्न लागिएको बताउँदै यसले नयाँ प्रकारको सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप