नेफ्स्कून र ललितपुर बचत संघबीच समसामयिक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र ललितपुर बचत संघबीच समसामयिक छलफल

 ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बीच आज सहकारी अभियानका पछिल्ला विषयहरुमा सामयिक छलफल भएको छ ।

असोज १३ गते आइतबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यालयमा नेफ्स्कून सञ्चालकहरु सिता ढकाल पौडेल, खेमराज सुवेदी तथा देवकुमार श्रेष्ठ तथा बचत संघका अध्यक्ष रामहरि बजगाई, बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्य, महिला उपाध्यक्ष लक्ष्मी शाक्य, सचिव श्यामकृष्ण महर्जन, कोषाध्यक्ष बसन्त माली लेखा सुपरिवेक्षण समिति संयोजक सानुकाजी महर्जन तथा व्यवस्थापक सन्तोष बजगाईबीच सहकारी क्षेत्रका वर्तमान विषयवस्तुहरु केन्द्रीत छलफल भएको हो ।

नेफ्स्कूनले सदस्य संघ संस्थाहरुसँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै समसामयिक विषयहरुमा वैचारिक मन्थनसहित साझा धारणा विकास गर्ने तथा भावी कदमहरु तय गर्ने दिशामा यस किसिमका अन्तरक्रियाहरु प्रभावकारी बन्ने निष्कर्षसहित भौतिक भलाकुसारीलाई बाक्लो बनाउँदै लगेको छ । यसैगरी, नेफ्स्कनको सदस्य संघ एवम् एवम् ललितपुर जिल्लाभरका बचत ऋण सहकारीहरुको अभिभावक निकाय ललितपुर बचत संघले पनि यो अन्तरक्रियात्मक छलफलका लागि धन्यवाद व्यक्त गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप