नेफ्स्कून र जिल्ला बचत संघ मकवानपुरबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ मकवानपुरबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । २०८१ असोज २३ गते नेफ्स्कून केन्द्रीय कार्यालयमा द्धिपक्षीय  साझेदारी सम्झौता सम्पन्न भएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला बचत संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले यो सञ्जाल साझेदारी सम्झौताले  साकोस अभियानको सबलीकरण, सुदृढीकरण तथा गुणस्तरीयता विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेफ्स्कून अध्यक्ष ढकालले आफैमा इतिहास बोकेको, वित्तीय रुपमा सबल, सशक्त, सुशासित र सदस्य मैत्री जिल्ला बचत संघ मकवापुरसँगको सञ्जाल सहकार्यले मुलुकको साकोस अभियान एकताबद्ध छ भन्ने सन्देशलाई अझ बढी सार्थक बनाएको दाबी गर्नुभयो ।

उहाँले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति निर्वाचित भएसँगै सञ्जाल साझेदारीको मोडालिटीमा सदस्यहरुको इच्छा र समयको माग दुबै समेटिने गरी संशोधनमार्फत रणनीतिक मार्गचित्र भित्र प्राथमिकीकरण गरेसँगै द्रुत गतिमा सहकार्य अघि बढेको बताउनुभयो ।

यसैगरी, जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले पनि नेफ्स्कूनसँग साझेदारीको निरन्तरताका लागि सम्झौता भएको बताउँदै सदस्य संस्थाहरुको गुणस्तरीयता विकासमा मद्दत पुग्ने उल्लेख गर्नुभयो । मकवानपुर जिल्लामा पनि एक्सेस, प्रोवेसन र कर्ब्स जस्ता गुणस्तर सुनिश्चिताका कार्यक्रमहरुसँगै तालिम शिक्षाका कार्यक्रमहरु सञ्चालन भैरहको बताउँदै उहाँले सञ्जाल साझेदारीमार्फत समन्वय र सहकार्य गरेर अघि बढ्दा सहकारी संस्थाहरुलाई थप टेवा पुग्ने धारणा राख्नुभयो । सञ्जाल साझेदारी केन्द्रीय संघ र जिल्ला संघ दुबैका लागि ‘विनविन’ साझेदारी भएको दुबै अध्यक्षहरुको धारणा थियो ।

पछिल्लोपटक २०८१ असोज ८ गते मंगलबार नेफ्स्कून केन्द्रीय कार्यालयमा  बागमती प्रदेश अन्तर्गतका ६ जिल्ला संघहरुसँग पनि सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको थियो । 

बचत तथा ऋण सहकारी अभियानको एउटै ताल र लय हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरेको नेफ्स्कूनले सञ्जाल व्यवस्थापनलाई छैठौं रणनीतिक मार्गचित्रको प्राथमिकतामा राखेर सोही अनुरुप द्रुत गतिमा काम अघि बढाएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप