सामूहिक साकोस: २७औँ स्थापना दिवस 
सहकारी ऐन पूर्ण कार्यान्वयन नहुँदा समस्या: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन पूर्ण कार्यान्वयन नहुँदा समस्या: नेफ्स्कून अध्यक्ष ढकाल

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी ऐन २०७४ को पूर्ण कार्यान्वयन हुन नसक्दा गैर सहकारी नेतृत्वको चलखेल बढेको बताउनुभएको छ । ऐन कार्यान्वयनमा माध्यमबाट हाल देखिएका थुप्रै समस्या समाधान गर्न सकिने भएपनि त्यसतर्फको उदासीनताप्रति उहाँले आश्चार्य भाव व्यक्त गर्नुभयो ।   

भक्तपुरस्थित सामूहिक साकोसले आयोजना गरेको तीन दिवसीय २७औँ स्थापना दिवस समारोहको अन्तिम दिन आज असोज २३ गते प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले सहकारी ऐनको पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको हो ।  

साकोसक अध्यक्ष राजाभाई भेलेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजु र जिल्ला सहकारी संघ लि. भक्तपुरका सचिव रामप्रसाद कासुला लगायत प्रारम्भिक मित्र संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकालले सहकारी अभियानको तर्फबाट ऐन कार्यान्वयनका लागि निरन्तर र सघन बहसपैरवी भएपनि विभिन्न कारणले अपेक्षाकृत नजिता नआएको भन्दै गहिरो चासो व्यक्त गर्नुभयो । यसैगरी, उहाँले कर्जा असुलीमा सुस्तता, बैंक वित्तीय संस्थाको तरतला व्यवस्थापनमा समस्या, सहकारिता भावना, मूल्य मान्यता र सिद्धान्तमा विचलन जस्ता विषयहरुले सहकारी अभियानमा समस्या पैदा गरेको बताउनुभयो ।

नेफ्स्कून अध्यक्ष ढकालले सहकारी कसका लागि ? सहकारी के का लागि ? सहकारी र समुदायबीच के कस्तो सम्बन्ध अपेक्षित छ ? स्थानीय तह र सहकारीबीच के कस्तो समन्वय खोजिएको हो ? जस्ता गहन प्रश्नहरुको उत्तरमा चिन्तनशील भएर घोत्लिन सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनको पछिल्लो अवस्था र यसमार्फत भैरहेका कामहरुबारे समेत सभालाई अध्यक्ष ढकालले जानकारी गराउनुभएको थियो ।

संस्थाका पूर्व अध्यक्ष राजेश बहादुर श्रेष्ठले संस्था स्थापनाको उद्देश्य र संस्थाले शुरुवातमा गरिएको वित्तीय कारोबार विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णहरि सैँजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाकी ऋण अधिकृत विन्द्रा नायभाले गर्नुभएको थियो ।

उक्त अवसरमा नेफ्स्कून अध्यक्ष ढकालले ज्येष्ठ सदस्य ५२ जना एसईई र कक्षा १२ का जम्मा २४ जना भाई बहिनीहरुलाई बधाईसहित सम्मानित गर्नुभएको थियो । 

कार्यक्रमको पहिलो दिन सामूहिक साकोसको सक्रियतामा सिपाडोल सुर्यविनायक नपा वडा नं ८ इतबुँमा सामूहिक जीवन योग प्रयोगशाला उद्घाटन सुनपा वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतबाट उद्घाटन गरिएको थियो । 'गरौं योग , रहौँ निरोग' भन्ने नारालाई आत्मसात गरि सदस्य एवम टोलका शुभचिन्तकहरुको स्वास्थ्यलाई ध्यानमा राखी योग संचालन गरिएको थियो । 

यसैगरी, कार्यक्रमको दोश्रो दिन सूर्यविनायक नपा वडा नं ८ स्थित सूर्यविनायक गणेश मन्दिर परिसर सरसफाई गरी आवश्यक सरसफाइका सामानहरु डस्टविन, झाडु, पन्जा आदि सामानहरु प्नि सूर्यविनायक समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप