बैतडीमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बैतडीमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया' सम्पन्न

गोठालापानी, बैतडी । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा आज असोज २३ गते व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न गरिएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् संघको डडेल्धुरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दीप्ती शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा दशरथचन्द नगरपालिका सहकारी शाखा प्रमुख अम्बादत्त बोगटी प्रमुख अतिथी, उपसमिति सदस्य लोकेशलाल शाह, जिल्ला बचत संघ बैतडीका अध्यक्ष शेर सिह कार्की अतिथि रहनुभएको थियो । बैतडी जिल्लाका साकोसहरुबाट २८ जनाको सहभागिता रहेको कार्यक्रममा उपसमिति सदस्य शाहले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा दशरथचन्द नगरपालिका सहकारी शाखा प्रमुख बागटीले आजको अन्तरक्रिया कार्यक्रम अन्त्यन्त सिकाइपुर्ण रहेको, नेफ्स्कूनले नियामक निकायले गर्नुपर्ने कामहरु गरि सहयोग गरेको पाएकोले स्थानिय पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरु अधिकांस सहकारीहरुका सञ्चालकहरुबाट निर्वाचित भएर आए पनि सहकारी प्रति उदासिनता रहेकोले निर्वाचित जन प्रतिनिधिहरुका लागि पनि यस किसिमका अन्तरक्रिया कार्यक्रम राख्न अनुरोध गर्नुभयो ।

साथै सहकारीहरुलाई ऐन नियम बमोजिम आफ्ना कार्यविधि निर्माण गरि सोही बमोजिम सदस्यहरुलाई बढीभन्दा बढी सेवा दिन अनुरोध गर्नुभयो । आफुले पालिकाको तर्फबाट सहकारी संघ संस्थाहरुको प्रवद्र्धन र विकाशका लागि सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो ।

यसैगरि कार्यक्रममा जिल्ला बचत संघ बैतडीका अध्यक्ष शेरसिह कार्कीले बैतडी जिल्लाको सहकारी अभियान पछाडी परेकोले सो का लागि सबै मिली सहकार्य गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक शाहीले नेफ्स्कूनको गौरवमय इतिहास र उपलब्धिहरु अनि सदस्य सेवाको चर्चा गर्दै यो साकोस अभियानको निर्विकल्प संघ भएको दाबी प्रस्तुत गर्नुभयो । उहाँले नेफ्स्कून सदैव आफ्ना सदस्य संघ संस्थाको हितका लागि प्रयत्नरत रहेको बताउँदै निति, विधि, प्रविधि र संघको प्रत्यक्ष निगरानीमा रहने  साकोसको पुर्ण ग्यारेन्टी लिन संघ तयार रहेको जनाउनु भयो । साथै सञ्चालक समिति र व्यवस्थापनको ध्यान कसरी सदस्य संघ संस्थाहरुको इच्छा चाहना आफ्ना सेवा व्यवसायमा प्रतिविम्बित गर्न सकिन्छ भन्नेमै रहेको विश्वास दिलाउनुभयो । 

साथै उहाँले आसन्न चाडहरुको एकमुष्ठ शुभकामना समेत व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनमार्फत भैरहेका बहसपैरवीसँगै संघका वस्तु तथा सेवाबारे सहभागीहरुलाई उहाँले जानकारी गराउनुभएको थियो । 

कार्यक्रमको विषयवस्तुमाथि संघको डडेल्धुरा सदस्य सेवा कार्यालय प्रमुख धर्मराज जोशीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन नेफ्स्कून सञ्चालक शाहीले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप