बैतडीमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बैतडीमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया' सम्पन्न

गोठालापानी, बैतडी । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा आज असोज २३ गते व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न गरिएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् संघको डडेल्धुरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दीप्ती शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा दशरथचन्द नगरपालिका सहकारी शाखा प्रमुख अम्बादत्त बोगटी प्रमुख अतिथी, उपसमिति सदस्य लोकेशलाल शाह, जिल्ला बचत संघ बैतडीका अध्यक्ष शेर सिह कार्की अतिथि रहनुभएको थियो । बैतडी जिल्लाका साकोसहरुबाट २८ जनाको सहभागिता रहेको कार्यक्रममा उपसमिति सदस्य शाहले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा दशरथचन्द नगरपालिका सहकारी शाखा प्रमुख बागटीले आजको अन्तरक्रिया कार्यक्रम अन्त्यन्त सिकाइपुर्ण रहेको, नेफ्स्कूनले नियामक निकायले गर्नुपर्ने कामहरु गरि सहयोग गरेको पाएकोले स्थानिय पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरु अधिकांस सहकारीहरुका सञ्चालकहरुबाट निर्वाचित भएर आए पनि सहकारी प्रति उदासिनता रहेकोले निर्वाचित जन प्रतिनिधिहरुका लागि पनि यस किसिमका अन्तरक्रिया कार्यक्रम राख्न अनुरोध गर्नुभयो ।

साथै सहकारीहरुलाई ऐन नियम बमोजिम आफ्ना कार्यविधि निर्माण गरि सोही बमोजिम सदस्यहरुलाई बढीभन्दा बढी सेवा दिन अनुरोध गर्नुभयो । आफुले पालिकाको तर्फबाट सहकारी संघ संस्थाहरुको प्रवद्र्धन र विकाशका लागि सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो ।

यसैगरि कार्यक्रममा जिल्ला बचत संघ बैतडीका अध्यक्ष शेरसिह कार्कीले बैतडी जिल्लाको सहकारी अभियान पछाडी परेकोले सो का लागि सबै मिली सहकार्य गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक शाहीले नेफ्स्कूनको गौरवमय इतिहास र उपलब्धिहरु अनि सदस्य सेवाको चर्चा गर्दै यो साकोस अभियानको निर्विकल्प संघ भएको दाबी प्रस्तुत गर्नुभयो । उहाँले नेफ्स्कून सदैव आफ्ना सदस्य संघ संस्थाको हितका लागि प्रयत्नरत रहेको बताउँदै निति, विधि, प्रविधि र संघको प्रत्यक्ष निगरानीमा रहने  साकोसको पुर्ण ग्यारेन्टी लिन संघ तयार रहेको जनाउनु भयो । साथै सञ्चालक समिति र व्यवस्थापनको ध्यान कसरी सदस्य संघ संस्थाहरुको इच्छा चाहना आफ्ना सेवा व्यवसायमा प्रतिविम्बित गर्न सकिन्छ भन्नेमै रहेको विश्वास दिलाउनुभयो । 

साथै उहाँले आसन्न चाडहरुको एकमुष्ठ शुभकामना समेत व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनमार्फत भैरहेका बहसपैरवीसँगै संघका वस्तु तथा सेवाबारे सहभागीहरुलाई उहाँले जानकारी गराउनुभएको थियो । 

कार्यक्रमको विषयवस्तुमाथि संघको डडेल्धुरा सदस्य सेवा कार्यालय प्रमुख धर्मराज जोशीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन नेफ्स्कून सञ्चालक शाहीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप