कोअपरेटिभ्ज यूकेकी सिईओ मार्ली आईसीए सञ्चालक नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोअपरेटिभ्ज यूकेकी सिईओ मार्ली आईसीए  सञ्चालक नियुक्त

बेलायती सहकारी अभियानको शीर्ष निकाय कोअपरेटिभ्ज यूकेकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोज मार्ली अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सञ्चालक नियुक्त हुनुभएको छ ।

आईसीए सञ्चालक बेन रिडले व्यक्तिगत कारण देखाउँदै सञ्चालक सदस्यबाट दिएको राजीनामा स्वीकृत भएसँगै मार्ली नियुक्त हुनुभएको हो । रोजले वर्तमान आईसीए बोर्डको बाँकी २ वर्षे कार्यकाल सञ्चालक भएर भूमिका निर्वाह गर्नु हुनेछ ।

आईसीएको ‘कन्स्टिट्युसन’ अनुसार कुनै सञ्चालकको पद रिक्त भएमा बोर्डले बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्नुपर्ने हुन्छ । सोही अनुरुप आईसीए बोर्डले कोअपरेटिभ्ज यूकेको ‘अन्तर्राष्ट्रिय सहकारी कार्य समूह’ को सिफारिशमा सिईओ मार्लीलाई सञ्चालक नियुक्त गरेको हो ।

आईसीए सञ्चालकबाट आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिने रिड पनि बेलायती मिडकाउन्टिज कोअपरेटिभबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो ।

रमाइलो कुरा के छ भने, आईसीए सञ्चालक समितिको पछिल्लो निर्वाचनमा पराजित हुनुभएका रिड पुनः मतगणनापछि विजयी घोषित हुनुभएको थियो । मतपरिणामबाट असन्तुष्ट भएपछि गरिएको आग्रह अनुरुप पुनः मतगणना हुँदा उहाँले ३८४ मतसहित कुल १५ सञ्चालकमध्ये १४औं स्थान प्राप्त गर्नुभएको थियो । त्यसबेलाका आईसीएका महानिर्देशक ब्रुनो रोलेन्ट्सले विद्युतीय मतदान प्रणालीमा समस्या आएको भन्दै क्षमा याचना समेत गर्नुभएको थियो ।

यसैबीच, विश्व सहकारीको साझा मञ्चको सञ्चालक नियुक्त भएसँगै मार्लीले प्रसन्नता व्यक्त गर्दै यो बेलायती सहकारी अभियानकै सफलता भएको संज्ञा दिनुभएको छ । 

यसैगरी, आईसीएका अध्यक्ष एरियल ग्वार्कोले गौरवशाली र वैभवपूर्ण इतिहाससँगै  सामाजिक एवम् आर्थिक न्यायप्रति प्रतिवद्ध बेलायती सहकारी अभियानको प्रतिनिधित्वले बोर्डको अन्तर्राष्ट्रिय आवाजलाई थप बुलन्द पार्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘रोजको विज्ञता तथा सहकारी अभियानप्रतिको झुकावले हाम्रो साझा लक्ष्य प्राप्तिको अभियानमा अवश्य महत्वपूर्ण योगदान पुर्याउने छ ।’

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप