सृजना महिला साकोसको २२औं वार्षिक साधारण सभा सम्पन्न, नेफ्स्कून सञ्चालक गिरी सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजना महिला साकोसको २२औं वार्षिक साधारण सभा सम्पन्न, नेफ्स्कून सञ्चालक गिरी सम्मानित

काठमाडौं । पोखरा महानगरपालिका ८ स्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. को २२औं वार्षिक साधारण सभा कार्तिक ३ गते सम्पन्न भएको छ । साकोसकी अध्यक्ष सुष्मा पहारी बरालको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बराल रहनुभएको थियो । 

सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बरालले सहकारीका सदस्यहरुलाई स्वरोजगार र उद्यमी बन्न आग्रह गर्नुभएको थियो । उहाँले त्यस्ता सदस्यहरुलाई स्थानीय सरकारको पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थालाई पनि सदस्य सेवा भावलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

स्मरणीय छ, सृजना महिला साकोस नेफ्स्कून सञ्चालक सदस्य कमलादेवी गिरीले प्रतिनिधित्व गर्नुभएको प्रारम्भिक संस्था हो । सभामा नेफ्स्कून सञ्चालक निर्वाचित हुनुभएकी गिरीलाई बधाई शुभकामना समेत प्रमुख अतिथिले सम्मानित गर्नुभएको थियो । यसैगरी, असल बचतकर्ता सदस्यहरु, बाल बचतकर्ता,  असल कारोबारी जेष्ठ सदस्यलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मानित हुनुभएकी नेफ्स्कून सञ्चालक गिरीले सहकारी संस्था नीति, विधि र सिद्धान्तमा आधारित रही सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले नेफ्स्कूनको सदस्य सृजना महिला साकोस संघको स्कुलिङ अनुसार चलेको दाबी गर्दै नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा आवद्ध हुनुका साथै स्थिरीकरण कोषमा समेत योगदान गरेको जानकारी गराउनुभयो । साकोसका हर कार्यक्रमप्रति सदस्यहरु चनाखो रहनुभपर्ने भन्दै उहाँले संस्थाका मालिकहरु अर्थात् सदस्यहरुले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे सञ्चालक समितिले झनै राम्रो काम गर्ने दाबी गर्नुभयो ।

उहाँले साकोस सदस्य केन्द्रित र समुदायमा आधारित रहनुपर्ने प्राथमिक आवश्यकतामा विशेष जोड दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बरालले पनि साकोसलाई बधाईसँगै थप प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै, संस्थाकी पूर्व अध्यक्ष एवम् पोखरा महानगरपालिकाकी जनप्रतिनिधि पवित्रा केसीले सदस्यको साथ र सहयोगका कारण नै साकोसले प्रगति गरेको बताउनुभयो ।  

यस्तै, साकोसकी संस्थापक अध्यक्ष सृजना बरालले स्थापनाकालीन अवस्थासँग अहिलेको अवस्था तुलना गर्दा र प्रगति देख्दा निक्कै खुसी लागेको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । साथै उहाँले संस्थाको प्रगतिप्रति बधाई दिदैं आगामी दिन झनै सदस्य केन्द्रीत हुँदै जाओस् भन्ने कामना पनि गर्नुभएको थियो ।

यस्तै, सभामा कास्की बचत संघका सचिव मिनराज तिमल्सिना तथा महानगर सहकारी संघका अध्यक्ष लिलाधर बरालको पनि उपस्थिति थियो । सभामा संस्थाकी उपाध्यक्ष शारदा गिरीले स्वागत मन्तव्य, सचिव तारा केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो सत्र सञ्चालन साकोसकी सहसचिव कुमारी मुना बाँस्तोलाले गर्नुभएको थियो ।
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप