दमकमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दमकमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न

काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा २०८१ कार्तिक ४ गते आइतबार झापाको दमकमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकमा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालकहरु लक्ष्मी सापकोटा र शालिकराम ढकाल तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता थियो । 

यस्तै, उक्त बैठकमा नेफ्स्कून निवर्तमान सञ्चालक गोमा नेपाल, पूर्व सञ्चालक एवम् प्रदेश बचत संघकी बरिष्ठ उपाध्यक्ष चन्द्रा भट्टराई खड्कासहित कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी, बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला, बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, बचत संघ भोजपुरका अध्यक्ष भरत ताम्राकार, बचत संघ तेह्थुमका अध्यक्ष ताराप्रसाद भट्टराई लगायतको सहभागिता थियो ।

यस्तै, कार्यक्रममा संघको सुनसरी सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य गोपाल बाराकोटी, चन्द्रबहादुर सुवेदी, त्रिभुवन फुयल, संघको दमक सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य पवित्रा लिम्बु (उपाध्यक्ष, सहारा नेपाल साकोस झापा) तथा जिल्ला बचत संघहरुका व्यवस्थापकहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा संघका अध्यक्ष ढकाल तथा महासचिव अधिकारीको सहजीकरणमा सञ्जाल साझेदारीका विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । अध्यक्ष ढकालले सञ्जाल साझेदारीको आवश्यकतासँगै संघको वर्तमान सञ्चालक समितिले यसलाई दिएको प्राथमिकताबारे चर्चा गर्नुभएको थियो । यसैगरी, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । साथै उहाँले सञ्जाल साझेदारीले साकोस अभियान सुदृढ अनि सबल हुने धारणा राख्नुभएको थियो ।

आजको कार्यक्रमका संयोजक नेफ्स्कून सञ्चालक एवम् संघको सुनसरी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटा रहनुभएको थियो । सापकोटाले कार्यक्रम सञ्चालन गर्दै सञ्जाल साझेदारी अभियानलाई सबैबाट साथ सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी सबै जिल्लाको बचत तथा ऋण सहकारी अभियानबारे जानकारी लिने काम नेफ्स्कून अध्यक्ष, महासचिव तथा सञ्चालकहरुसँगै प्रमुख कार्यकारी अधिकृतले गर्नुभएको थियो भने सञ्जाल साझेदारीका विषयमा धारणासहित सुझावहरु पनि संकलन गरिएको छ ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सञ्जाल साझेदारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सञ्जाल साझेदारीको महत्व, संघको रणनीतिक मार्गचित्रमा अटाएको सञ्जाल साझेदारीको उपादेयतासँगै यससम्बन्धी सफल अन्तर्राष्ट्रिय अभ्यास समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून व्यवस्थापनका रामकृष्ण भट्टराई, रिसभराज रेग्मी, डिल्लीराम तिमिल्सिना, तृप्ता ढकाल, चिरन खत्रीको पनि सहभागिता थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप