मधेश प्रदेशको महोत्तरीमा 'सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशको महोत्तरीमा 'सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बर्दिबासमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त (ICA-AP) ले उठाएका सहकारी अभियानका मुख्य ६ विषयसँगै सहकारी सिद्धान्त र दोस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का विषयमा साकोसहरुलाई आवश्यक सहजीकरणको उद्देश्यसहित प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालक एवम् कार्यक्रम संयोजक शोभा राउत  तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता थियो । 

यस्तै, कार्यक्रममा महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष गगनदेव राउतसहित मधेश प्रदेशका विभिन्न जिल्लाका बचत संघका अध्यक्ष तथा व्यवस्थापक एवम् प्रतिनिधिहरुसँगै नेफ्स्कूनको स्थानीय व्यवस्थापनको सहभागिता थियो ।

कार्यक्रम उद्घाटनमा नेफ्स्कूनका अध्यक्ष ढकाल तथा महासचिव अधिकारीले सबैले आफ्ना जिम्मेवारी र कर्तव्यहरुलाई सुशासित, मर्यादित र कर्तव्यनिष्ठ भएर सदस्य हितमा निर्वाह गर्नुपर्ने बताउँदै साकोस अभियानबीच एकता र कार्यगत एकरुपता आवश्यक भएको विचार राख्नुभएको थियो । प्रारम्भिक संस्थाका नेतृत्वहरु र जिल्ला, प्रदेश अनि केन्द्रका नेतृत्वहरुबीच तादात्म्यका लागि यो कार्यक्रम आयोजना गरिएको जानकरी गराउँदै सबैले एउटै दृष्टिकोण, एउटै उद्देश्य राखेर साकोस अभियानमार्फत समाज रुपान्तरणको काममा हातमालो गर्न आग्रह गर्नुभयो । 

नेफ्स्कूनले सदस्यहरुको बचत संरक्षणको जिम्मा लिने गरी काम गरेको भन्दै उहाँहरुले सरकारसँग  भैरहका बहसपैरवीहरुबारे समेत सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

आजको कार्यक्रमका संयोजक नेफ्स्कून सञ्चालक शोभा राउतले कार्यक्रम सञ्चालन गर्दै सञ्जाल साझेदारीको डोरीलाई थप मजबूत बनाउन सहभागी सबैबाट साथ सहयोगको विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आईसीए एपी क्षेत्रको फिलिपिन्सको मनिलामा सम्पन्न साधारण सभाबाट तय भएको सहकारीः हाम्रो साझा सवाल’ (Cooperatives: Our Common Agenda) ले औल्याएका आधा दर्जन विषयहरुलाई कसरी साकोसहरुले आफ्नो कार्यक्रममा संलग्न गराउन सक्छन् भन्ने विषयसँगै अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई सदस्य संस्थाहरुले कसरी योजनामा राखेका छन् सोको पुनरावलोकन र पूर्वतयारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी संस्थाले खेल्नुपर्ने भूमिकाहरुको पहिचान, लक्ष्य निर्धारणसँगै कार्यक्रम तर्जुमा तथा कार्यन्वयनका विषयमा समेत उहाँले प्रस्तुतीकरणमा समेट्नुभएको थियो ।

विशेषतः एशिया प्रशान्त क्षेत्रमा सहकारी संगठनहरुमा देखिएको विचलन, आर्थिक संकट, बचतबृद्धि र उद्यमशीलता विकासमा भन्दा ऋण लगानी र साहुकारी प्रवृत्ति हावी, आन्तरिक नियन्त्रण प्रणाली कमजोर भई सुशासन कायम हुन नसक्नुका साथै व्यवस्थापन चलायमान र विधि प्रधान नहुनु जस्ता आईसीए एपीले उठाएका विषयहरुलाई संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाको प्रस्तुतिमा जोड दिइएको थियो । 

सहकारीको पृथक पहिचानलाई थप गति दिदैं बलियो बनाउने, सामुदायिक विकासका क्रियाकलापमार्फत दीगो विकासका लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रले गर्न सक्ने योगदान, सहकारी संगठनहरुका आन्तरिक चुनौतीहरुको सम्बोधनका उपायहरु, सहकारी संगठन संचालनका आन्तरिक रुपमा सुशासनका क्षेत्रमा र बाह्य रुपमा कानूनी र नियमनको व्यवस्थामा आएको परिवर्तन साथै विश्वव्यापी स्वास्थ्य संकटले ल्याएको असहज परिस्थीति, आर्थिक संकट, यूद्धको प्रभाव, जलवायू परिवर्तनको प्रभाव जस्ता समग्र परिवर्तित अवस्थाहरुलाई स्वीकार गर्न र सामना गर्न समयसापेक्ष प्रतिस्पर्धी बन्नुपर्ने अवस्था तथा विकसित प्रविधिको प्रयोगमा सहकारीहरु अब्बल छन् भन्ने तथ्य सावित गर्नुपर्ने ६ वटा मुलभूत विषयहरुमा उहाँले सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो । उद्घाटन पछिका सत्रहरुमा समूह छलफल, प्रवचन, मस्तिष्क मन्थन, प्रस्तुतिकरण आदि विधिको प्रयोग गरिएको थियो ।

यी साझा सबालहरुलाई आन्तरिक रुपमा व्यवस्थापन गर्ने जिम्मेवारी उपलब्ध जनशक्तिको भएकाले उनीहरुलाई सहकारीको मुल मर्म, सिद्धान्त, मान्यता र मापदण्डमा सञ्चालित गराउन विश्व अभ्यासहरुलाई आन्तरिकीकरण गर्ने र नतिजामुखी परिणाममुखि क्रियाकलापहरुमा जोड दिने रणनीति व्यवस्थापनको रहने कुरामा संघका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले जोड दिनुभएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप