सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम
‘हामी एउटै दृष्टिकोण र एउटै उद्देश्य बोकेर सँगै यात्रा गरौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हामी एउटै दृष्टिकोण र एउटै उद्देश्य बोकेर सँगै यात्रा गरौं’

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त (ICA-AP) ले उठाएका सहकारी अभियानका मुख्य ६ विषयसँगै सहकारी सिद्धान्त र दोस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का विषयमा साकोसहरुलाई आवश्यक सहजीकरणको उद्देश्यसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज झापाको दमकमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ आयोजना गरेको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालक एवम् कार्यक्रम संयोजक लक्ष्मी सापकोटा तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता छ । 

यस्तै, कार्यक्रममा नेफ्स्कून निवर्तमान सञ्चालक गोमा नेपाल, पूर्व सञ्चालक एवम् प्रदेश बचत संघकी बरिष्ठ उपाध्यक्ष चन्द्रा भट्टराई, जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी लगायत कोशी प्रदेश अन्तर्गत प्रदेश बचत संघ तथा विभिन्न जिल्लाका बचत संघका अध्यक्ष तथा व्यवस्थापक एवम् प्रतिनिधिहरुसँगै नेफ्स्कूनको स्थानीय व्यवस्थापनको सहभागिता छ ।

कार्यक्रम उद्घाटनमा नेफ्स्कून अध्यक्ष ढकालले साकोस अभियानसँगै काम गरिरहेको अनुभूतिको बलमा सफल पनि भएको दृष्टान्त प्रस्तुत गर्न आवश्यक भएको बताउनुभयो । त्यसका लागि अभियानभित्र हामी सबैको दायित्व के हो भन्नेमा सबै प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो । आफ्ना जिम्मेवारी र कर्तव्यहरुलाई सुशासित, मर्यादित र कर्तव्यनिष्ठ भएर सदस्य हितमा निर्वाह गर्नुपर्ने बताउँदै उहाँले साकोस अभियानबीच एकता र कार्यगत एकरुपता आवश्यक भएको विचार राख्नुभयो ।

‘संस्था हामी आफैले बनाउने हो, जसले नेतृत्व लिने हो उसैले बनाउने हो, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले बनाएका संस्थाहरु उदाहरणीय हुनुपर्छ । सञ्जालमा जोडिनुपर्छ । जसअपजसको भागी पनि हामी नै हौं । प्रारम्भिक संस्थाको नेतृत्व खारिएको हुनपर्छ ।’ प्रारम्भिक संस्थाहरु राम्रो बनेका कारण तिनै प्रारम्भिक संस्थाबाट चुनिने जिल्ला, प्रदेश र केन्द्रीय संघ राम्रो बनेको उदाहरण अध्यक्ष ढकालले प्रस्तुत गर्नुभयो । साथै उहाँले प्रारम्भिक संस्थाका नेतृत्वहरु र जिल्ला, प्रदेश अनि केन्द्रका नेतृत्वहरुबीच तादात्म्यका लागि यो कार्यक्रम आयोजना गरिएको पनि जानकरी गराउनुभयो ।

‘हामी सबै एउटै दृष्टिकोण, एउटै उद्देश्यभित्र सँगै यात्रा गरौं,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘त्यसैका लागि केही समसामयिकत तथा मुलभूत इस्यूहरुमा कमन अन्डरस्यान्डिङका लागि यो कार्यक्रम आयोजना गरेका हौं ।’ यसरी ती इस्यूहरुमा छलफल र मन्थनपछि साकोस अभियान एउटै दृष्टिकोण र कार्यान्वयन योजनासहित अघि बढ्ने जानकारी समेत अध्यक्ष ढकालले गराउनुभयो । यसको सार संस्थालाई सुरक्षित, बलियो, वित्तीय रुपमा स्वस्थ्य र सदस्य केन्द्रीत बनाउँदै सहज रुपमा अघि बढ्ने अनुकूल वातावरण निर्माण भएको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा संघका महासचिव अधिकारीले सदस्यहरुको बचत संरक्षणको जिम्मा लिने गरी संघले रणनीतिक मार्गचित्र निर्माण गरेको जानकारी गराउनुभयो । संघको रणनीतिक दिशाबारे सहभागीहरुलाई जानकारी गराउँदै उहाँले सरकारसँग  बहसपैरवीका कामहरु भैरहेको उल्लेख गर्नुभयो । देशभरका संघका सदस्यहरुको विश्वास माया र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव अधिकारीले सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति संघले गर्ने विश्वास दिलाउनुभयो । 

सदस्य संस्थाहरुसँगको सम्बन्धका विषयमा उहाँले हाल भएका केही दुरी हटाउने गरी छलफल गर्ने र आम सदस्यहरुको जीवनस्तर सुधारको साझा उद्देश्यमा एक भएर अघि बढ्ने विश्वास समेत सहभागीहरुलाई दिलाउनुभयो । सहकारी ऐन र नियमावली पूर्ण कार्यान्वय देखि अन्य जल्दाबल्दा विषयमा अन्तरक्रियाका माध्यमबाट साझा धारणा निर्माणका लागि कार्यक्रम आयोजना गरिएको महासचिव अधिकारीको स्पष्टोक्ति थियो । ‘हाम्रा भावना, उद्देश्य, गन्तव्य एउटै भएकाले एउटै परिवारको रुपमा हामीले यात्रा गर्नुछ, ’महासचिव अधिकारीले भन्नुभयो, ‘हामी एकले अर्कालाई गतिलो आडभरोसा बनेर अघि बढ्दा गन्तव्यमा सहज पुग्न सकिन्छ, त्यसैले त्यही वातावरण निर्माणका लागि हामी यहाँ भेला भएका हौं ।’ 

आजको कार्यक्रमका संयोजक नेफ्स्कून सञ्चालक एवम् संघको सुनसरी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटाले कार्यक्रम सञ्चालन गर्दै सञ्जाल साझेदारीको डोरीलाई थप मजबूत बनाउन सहभागी सबैबाट साथ सहयोगको विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आईसीए एपी क्षेत्रको फिलिपिन्सको मनिलामा सम्पन्न साधारण सभाबाट तय भएको सहकारीः हाम्रो साझा सवाल' (Cooperatives: Our Common Agenda) ले औल्याएका आधा दर्जन विषयहरुलाई कसरी साकोसहरुले आफ्नो कार्यक्रममा संलग्न गराउन सक्छन् भन्ने विषयसँगै अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई सदस्य संस्थाहरुले कसरी योजनामा राखेका छन् सो को पुनरावलोकन र पूर्वतयारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको छ । दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी संस्थाले खेल्नुपर्ने भूमिकाहरुको पहिचान, लक्ष्य निर्धारणसँगै कार्यक्रम तर्जुमा तथा कार्यन्वयनका विषयमा समेत उहाँले प्रस्तुतीकरणमा समेट्नुभएको छ ।

विशेषतः एशिया प्रशान्त क्षेत्रमा सहकारी संगठनहरुमा देखिएको विचलन, आर्थिक संकट, बचतबृद्धि र उद्यमशिलता विकासमा भन्दा ऋण लगानी र साहुकारी प्रवृत्ति हावी, आन्तरिक नियन्त्रण प्रणाली कमजोर भई सुशासन कायम हुन नसक्नुका साथै व्यवस्थापन चलायमान र विधि प्रधान नहुनु जस्ता आईसीए एपीले उठाएका विषयहरुलाई संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाको प्रस्तुतिमा जोड दिइएको छ । 

सहकारीको पृथक पहिचानलाई थप गति दिदैं बलियो बनाउने, सामुदायिक विकासका क्रियाकलापमार्फत दीगो विकासका लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रले गर्न सक्ने योगदान, सहकारी संगठनहरुका आन्तरिक चुनौतीहरुको सम्बोधनका उपायहरु, सहकारी संगठन संचालनका आन्तरिक रुपमा सुशासनका क्षेत्रमा र बाह्य रुपमा कानूनी र नियमनको व्यवस्थामा आएको परिवर्तन साथै विश्वव्यापी स्वास्थ्य संकटले ल्याएको असहज परिस्थीति, आर्थिक संकट, यूद्धको प्रभाव, जलवायू परिवर्तनको प्रभाव जस्ता समग्र परिवर्तित अवस्थाहरुलाई स्वीकार गर्न र सामना गर्न समयसापेक्ष प्रतिस्पर्धी बन्नुपर्ने अवस्था तथा विकसित प्रविधिको प्रयोगमा सहकारीहरु अब्बल छन् भन्ने तथ्य सावित गर्नुपर्ने ६ वटा मुलभूत विषयहरुमा उहाँले सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो ।उद्घाटन सत्रपछिका सत्रहरुमा समूह छलफल, प्रवचन, मस्तिष्क मन्थन, प्रस्तुतिकरण आदि विधिको प्रयोग गरिएको थियो ।

यी साझा सबालहरुलाई आन्तरिक रुपमा व्यवस्थापन गर्ने जिम्मेवारी उपलब्ध जनशक्तिको भएकाले उनीहरुलाई सहकारीको मुल मर्म, सिद्धान्त, मान्यता र मापदण्डमा सञ्चालित गराउन विश्व अभ्यासहरुलाई आन्तरिकीकरण गर्ने र नतिजामुखी परिणाममुखि क्रियाकलापहरुमा जोड दिने रणनीति व्यवस्थापनको रहने कुरामा संघका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले जोड दिनुभएको थियो । 

नेफ्स्कूनले सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्दैछ ।

भर्खरै
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप