पोखरामा  ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा  ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज कास्कीको पोखरामा  ‘सञ्जाल साझेदारी बैठक’ सञ्चालन गरिएको छ । संघको पोखरा सदस्य सेवा कार्यालयमा आयोजित बैठक नेफ्स्कून सञ्चालक एवम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमलादेवी गिरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो । 

यस्तै, बैठकमा संघका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक गोपालप्रसाद गौतमसँगै उपसमिति सदस्यहरु रुद्रनाथ पौडेल, टिकाराम आचार्य, कास्की जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष मिनराज तिमिल्सिना, बागलुङ जिल्ला बचत संघका सचिव अर्जुनप्रसाद कडेल, स्याङ्जा बचत संघका सञ्चालक अमृत नेपाली, लमजुङ बचत संघका कोषाध्यक्ष उमाकान्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, बागलुङ बचत संघका व्यवस्थापक मनिषा घर्ती, कास्की बचत संघका सहायक व्यवस्थापक इन्दिरा कार्कीसँगै नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सिना र कार्यक्रम अधिकृत मनोज खड्का, पोखरा सदस्य सेवा कार्यालय प्रमुख दिप्ती आचार्य लगायतको उपस्थिति थियो । 

बैठकमा अध्यक्ष गिरी तथा संघका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक गौतमको सहजीकरणमा सञ्जाल साझेदारीका विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । उहाँहरुले सञ्जाल साझेदारीको आवश्यकता र उद्देश्यसँगै संघको वर्तमान सञ्चालक समितिले यसलाई दिएको प्राथमिकताबारे चर्चा गर्नुभएको थियो ।

उहाँहरुले सञ्जाल साझेदारीले साकोस अभियान सुदृढ अनि सबल हुने धारणा राख्नुभएको थियो भने संघका प्राचार्य तिमिल्सिनाले सञ्जाल साझेदारीको महत्व, संघको रणनीतिक मार्गचित्रमा अटाएको सञ्जाल साझेदारीको उपादेयतासँगै यससम्बन्धी सफल अन्तर्राष्ट्रिय अभ्यास समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कूनको यो प्रदेशस्तरीय कार्यक्रम हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप