३३औं वार्षिक साधारण सभाको तयारी
नेफ्स्कून प्रतिनिधिमण्डलद्वारा बुटवल उपमहानगर प्रमुख पाण्डेयसँग भेटवार्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून प्रतिनिधिमण्डलद्वारा बुटवल उपमहानगर प्रमुख पाण्डेयसँग भेटवार्ता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को एक प्रतिनिधिमण्डलले आज बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसँग उहाँकै कार्यकक्षमा भेट गरी संघको आसन्न ३३औं वार्षिक साधारण सभाका सम्बन्धमा छलफल गरेको छ । सँगै सहकारी अभियानका स्थानीय तथा राष्ट्रिय विषयमा पनि छलफल भएको छ ।

आगामी ३३ औं वार्षिक सभाको तयारीलाई तीब्रता दिएको नेफ्स्कूनले आज सोही सन्दर्भमा बुटबल उपमहानगरका प्रमुखसँग भेट गरी सभाको तयारी, त्यसमा स्थानीय सरकारको सहयोग र समन्वयका साथै सहकारी अभियानका विविध विषयमा सौहार्दपूर्ण छलफल गरेको हो ।

३३औं वार्षिक साधारण सभा पुस ५ र ६ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको नेफ्स्कूनले त्यसको तयारीमा गति दिदैं स्थानीय सरकारसँग भेट गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालक ज्ञानु पौड्याल, निवर्तमान सञ्चालक सन्दिप सापकोटा, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण प्रसाद नेपाल, संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेश्वर श्रेष्ठको टोलीले आज नगरप्रमुखसँग भेट गरेको हो ।

उक्त भेटमा नगरप्रमुख पाण्डेयले ठूलो सञ्जाल भएको नेफ्स्कूनको वार्षिक साधारण सभा बुटवलमा आयोजना गर्ने सञ्चालका समितिको निर्णयप्रति आभार व्यक्त गर्दै उपमहानगरको लागि खुसीको विषय भएको प्रतिक्रिया समेत दिनुभएको थियो । साथै उहाँले मुलुकभरका साकोसका प्रतिनिधिहरुको बुटवलमा हुने भेलाले आन्तरिक पर्यटन प्रवर्धनमा पनि अहम भूमिका खेल्ने भन्दै सबैलाई स्वागत गर्न पाउनु खुसीको विषय हुने धारणा राख्नु भएको थियो ।

उक्त छलफलमा मेयर पाण्डेयले साधारण सभाको सफलताको अग्रिम शुभकामनासहित आवश्यक सहयोग र समन्वय गर्न उपमहानगरपालिका तयार रहेको जानकारी नेफ्स्कून टोलीलाई गराउनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप