भक्तपुर । नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालयको आयोजना तथा भक्तपुर जिल्ला बचत संघको समन्वयमा 'जनशक्ति व्यवस्थापन तालिम' सम्पन्न भएको छ । तालिममा ३० साकोसबाट उत्तिकै संख्यामा सहभागिता थियो । सहभागीहरुले तालिम समसामयिक भएको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
तालिम समापनमा उपस्थित नेफ्स्कून सञ्चालक खेमराज सुवेदीले संघका गतिविधिहरुबारे प्रकाश पार्दै समसामयिक विषयमा जारी बहसपैरवीबारे जानकारी गराउनुभएको थियो । यस्तै, भक्तपुर जिल्ला बचत संघका कोषाध्यक्ष कान्छा भक्त घजुले सहकारी संस्थाको व्यवस्थापन सञ्चालक समितिबाट प्रभावित हुन नहुने भन्दै सहकारीको सिद्धान्तका आधारमा चल्नुपर्नेमा जोड दिनुभयो ।
नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले सहजीकरण गरेको उक्त निःशुल्क तालिमको उद्घाटन तथा समापन कार्यक्रम सञ्चालन संघको भक्तपुर सदस्य सेवा कार्यालयकी प्रमुख कल्पना पराजुलीले गर्नुभएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
९ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
३४ दिन अगाडि