डडेल्धुरामा 'व्यवसाय प्रवर्धनका लागि अन्तरक्रिया कार्यक्रम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डडेल्धुरामा 'व्यवसाय प्रवर्धनका लागि अन्तरक्रिया कार्यक्रम'

काठमाडौं । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा आज कार्तिक १३ गते व्यवसाय प्रवर्धनका लागि साकोसका अध्यक्ष र व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि। डडेल्धुराका अध्यक्ष पदमा गुरुङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा अमरगढी नगरपालिका सहकारी शाखा प्रमुख लक्ष्मीदत्त अवस्थी, सुन्दर अमरगढी साकोसका कार्यबाहक अध्यक्ष भवानी दत्त अवस्थी र सहकारी मेनेजर्स क्लव डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझा लगायत डडेल्धुरा जिल्लाका साकोसहरुबाट २६ जनाको सहभागिता थियो ।

कार्यक्रममा अमरगढी नगरपालिका सहकारी शाखा प्रमुख अवस्थीले आजको अन्तरक्रिया कार्यक्रम अन्त्यन्त सिकाइपुर्ण रहेको, नेफ्स्कूनले नियामक निकायले गर्नुपर्ने कामहरु गरी सहयोग गरेको बताउनुभयो । उहाँले स्थानीय पालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरु अधिकांश सहकारीहरुका पूर्व सञ्चालकहरु भए पनि सहकारी प्रति उदासीन रहेको भन्दै यस किसिमका अन्तरक्रिया कार्यक्रम राख्न अनुरोध गर्नुभयो ।

साथै सहकारीहरुलाई ऐन नियम बमोजिम आफ्ना कार्यविधि निर्माण गरी सोही बमोजिम सदस्यहरुलाई बढीभन्दा बढी सेवा दिन अनुरोध गर्नुभयो । आफुले पालिकाको तर्फबाट सहकारी संघ संस्थाहरुको प्रवर्धन र विकासका लागि  सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो ।

यसैगरी कार्यक्रममा सहकारी मेनेजर्स क्लवका अध्यक्ष लोकेन्द्र ओझाले सहकारीको शुसाशनमा व्यवस्थापनको भुमिका महत्वपुर्ण हुने भएकाले सवै सहकारीहरुले कर्मचारीको क्षमता विकाशमा लाग्नुपर्ने कुरा राख्नुभयो । यसैगरी कार्यक्रममा अध्यक्ष अवस्थीले सहकारीहरुमा भाखा नाघेको ऋण उच्च हुनाले समस्या आउने गरेको र सहकारीहरुका सञ्चालकहरुले स्वयंसेवी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत संघ डडेल्धुराका अध्यक्ष पदमा गुरुङ्गले साकोस अभियानको निर्विकल्प संघ नेफ्स्कून भएकोले यस बर्ष साझेदारीको सम्झौता गरेको र सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता गर्नुभयो । उहाँले नेफ्स्कून सदैव आफ्ना सदस्य संघ संस्थाको हितका लागि प्रयत्नरत रहेको बताउँदै निति, विधि, प्रविधि र संघको प्रत्यक्ष निगरानीमा रहने साकोस सुरक्षित रहेको जनाउनु भयो । साथै सञ्चालक समिति र व्यवस्थापनको ध्यान कसरी सदस्य संघ संस्थाहरुको इच्छा चाहना आफ्ना सेवा व्यवसायमा प्रतिविम्बित गर्न सकिन्छ भन्नेमै रहेको विश्वास दिलाउनुभयो । 

कार्यक्रमको विषयवस्तुमाथि प्रस्तुतीकरण र कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन संघको डडेल्धुरा सदस्य सेवा कार्यालय प्रमुख धर्मराज जोशीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप