किसान कल्याण साकोसको २९औं स्थापना दिवस सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको २९औं स्थापना दिवस सम्पन्न

काठमाडौं । सुनसरीको इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९औं स्थापना दिवस कार्तिक १३ गते मंगलबार एक भव्य कार्यक्रम गरी मनाएको छ ।

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो । कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य लक्ष्मी सापकोटा, कोशी प्रदेश बचत संघका अध्यक्ष हरी प्रसाद सुबेदी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक रामचन्द्र उप्रेती, जनप्रतिनिधिहरु, नागरिक समाज एवम् सञ्चारकर्मीहरु, बिभिन्न सहकारी संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरू लगायत अतिथि रहनुभएको थियो भने संस्थाका सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापनलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले मुलुककै सफल साकोसहरुमा गनिने किसान कल्याण साकोसलाई करिब ३ दशकको यात्रा सफलतापूर्वक पार गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले नीति, विधि र प्रविधिमा आधारित भई वित्तीय सहकारीका मापदण्डहरुको अधिनस्थ सदस्य मैत्री काम गरेका कारण संस्था सफल भएको उल्लेख गर्दै संस्थापनाकालदेखि वर्तमान नेतृत्व बधाईको हकदार भएको बताउनुभयो । असल साकोसका असल प्रयासहरु अरुका लागि पनि अनुसरणयोग्य हुने बरिष्ठ उपाध्यक्ष अधिकारीले बताउनुभयो ।

नेफ्स्कून सञ्चालक सदस्य समेत रहनुभएका साकोसका अध्यक्ष ढकालले साकोसले मात्रात्मक सँगै गुणात्मक विकासलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । उहाँले संस्थाका गतिविधिरुमा पारदर्शिता झल्कने भन्दै सफलताको कारक सुशासन भएको दाबी गर्नुभयो । संस्थाको गौरवपूर्ण इतिहासको स्मरण, बलियो वर्तमानमाथि विमर्श र उज्ज्वल भविष्यको मार्गचित्रबारे साकोसका अध्यक्ष एवम् आवद्ध पदाधिकारीहरुले जानकारी गराउँदै आगामी दिनमा थप उर्जाका साथ सदस्य सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

३४ जनाबाट १७ सय रुपैयाँ पुँजी संकलन गरी स्थापना भएको किसान कल्याण साकोसले हाल हाल सुनसरी जिल्लाभित्र ७ सेवा केन्द्रमार्फत करिब साढे २३ हजार सदस्यको विश्वास जित्न सफल भएको छ ।

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि अधिकारी, साकोसका अध्यक्ष ढकाल, विशिष्ट अतिथि एवम् अतिथिहरुले महासंघका पूर्व संचालक रामचन्द्र उप्रेतीलाई उत्कृष्ट सहकारी अभियन्ताका रूपमा नगद सम्मान गर्नुभएको थियो भने संस्थापक अध्यक्ष सम्मान १ जना, चुडाराज खतिवडा स्मृति सम्मान ४ जना,  उत्कृष्ट पत्रकार २ जना,  बिशेष सम्मान ४ जना लगायत उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारीसहित अन्य २३ विधामा १०२ जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।  विगतमा एक्सेस ब्राण्ड प्राप्त गरिसकेको किसान कल्याण साकोसले थुप्रै सम्मान पुरस्कार पनि प्राप्त गरिसकेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप