सुनसरीमा सहकारी अभियन्ताहरुबीच महत्वपूर्ण अन्तरिक्रया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा सहकारी अभियन्ताहरुबीच महत्वपूर्ण अन्तरिक्रया 

काठमाडौं । सञ्जाल साझेदारीमार्फत मुलुकको साकोस अभियानलाई समृद्ध बनाउने रणनीतिक उद्देश्य बोेकेको नेफ्स्कूनले यसका लागि पूर्वदेखि पश्चिमसम्मका संघहरुसँग अन्तरक्रियात्मक छलफललाई बाक्लो बनाउँदै लगेको छ । यस्ता छलफलहरुमार्फत प्राप्त अमूल्य सल्लाह र सुझावहरुसमेत संकलन गर्दै आएको छ ।

यसै सिलसिलामा, नेफ्स्कून र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीबीच हिजो कार्तिक १३ गते मंगलबार महत्वपूर्ण छलफल भएको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा सञ्चालकहरु लक्ष्मी सापकोटा तथा शालिकराम ढकाल एवम् उपसमिति सदस्यहरु चन्द्रबहादुर सुवेदी र प्रदिप पोखरेल सहितको टोलीले बचत संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रलाद दाहाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी तथा सहसचिव मिलिराम चौधरीसँगै जंगबहादुर खड्का, चन्द्रबहादुर सुवेदी, प्रदिप पोखरेल, मुना तिम्सीना, गोमा गिरी, अग्नि न्यौपाने, काजी गिरी, पद्मादेवी पञ्धाक, पुनम थापा मागर, रामकृष्ण भट्टराई र सुमन सुवेदीको समेत उपस्थितिमा अन्तरक्रियात्मक भेट गरी सञ्जाल सहकार्यसँगै सहकारी अभियानका समसामयिक विविध विषयहरुमा महत्पूर्ण अन्तरक्रिया सम्पन्न गरेको छ । 

अन्तरक्रियामा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले अधिकांश सहभागीहरुको धारणा सुनिसकेपछि केही विषयहरु स्पष्ट पार्नु भएको थियो । उहाँले नेफ्स्कूनले  अनसाइटलाई थप प्रभावकारी बनाउन लागेको स्पष्ट पार्नुभयो । ‘नेफ्स्कूनले अनसाइट बन्द होइन थप बलियो बनाउन लागेको हो, ’उहाँले प्रष्ट पार्नुभयो, ‘प्रविधिको भरपूर प्रयोग गरी सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत सुपरिवेक्षण प्रणालीको प्रभावकारी बढाउने तर खर्च कम गर्ने नीति हामीले लिएका छौं ।’

यस्तै ‘पाम वर्कशप’ को ढाँचा पनि परिवर्तन गरी यसलाई थप समयसापेक्ष र प्रभावी बनाउन लागिएको पनि उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि नेफ्स्कूनले प्रत्येक दिन प्रत्यक्ष मनिटरिङ गर्ने विधि स्थापित गरिरहेको छ । यसले प्रारम्भिक संस्थाहरुलाई सहज हुने र साकोस र संघ दुबैको काम भरपर्दो, विश्वासिलो र छिटोछरितो हुनेमा हामी विश्वस्त छौं ।’

यसैगरी, उहाँले साकोस अभियानका समसामयिक विषयहरुको बहसपैरवीलाई निरन्तरमात्र होइन झनै सघन बनाइएपनि अपेक्षित परिणाम आउन समय लागिरेहेको भने स्वीकार्नुभयो । उहाँले भर्खरै राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको नीति संवादमा राज्यकातर्फबाट सकारात्मक विषहरु उठानभएको पनि उल्लेख गर्नुभयो ।

एक अर्को प्रसङ्गमा बरिष्ठ उपाध्यक्ष अधिकारीले संस्थाहरुले लाभांश उपलब्ध गराउँदा साकोसहरुले बचतको सुरक्षामा सम्झौता गर्न नहुने प्रष्ट पार्नुभयो ।

यसैगरी, बचत संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष दाहालले खासगरी साकोस अभियानभित्र एकरुपता, एकमत आवश्यक भएकोमा जोड दिनुभयो । सहकारी अभियानलाई बलियो बनाउन साकोस अभियान झनै बलिया हुनुपर्ने भन्दै उहाँले त्यसका लागि सबै संघहरुले प्रारम्भिक संस्था र तिनका सदस्यहरुको इच्छा चाहना र आवश्यकताको सम्बोधन हुने नीतिगत आधार तय गर्नुपर्ने बताउनुभयो । सहकारी अभियानभित्र नेतृत्व जन्माउने विधि आवश्यक भएको उहाँको भनाइ थियो ।

त्यस्तै, अर्को विषयमा बरिष्ठ उपाध्यक्ष दाहालले, नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको स्थलगत सुपरिवेक्षण नियमित हुनुपर्ने भनाइ राख्नुभयो । 

अन्तरक्रियामा नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक समेत रहनुभएका सञ्चालक सापकोटाले कार्यक्रमबारे स्पष्ट पार्नुभएको थियो । उहाँले बरिष्ठ उपाध्यक्ष पूर्व आएको समय जिल्ला र प्रदेशका अभियन्ताहरुबीच समसामियक विषयमा भेट गर्दा त्यो फलदायी हुने भन्दै कार्यक्रम तय गरिएको जानकारी गराउनुभयो । यस्तै, संघका अर्का सञ्चालक एवम् जनकपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ढकालले साझेदारी सम्बन्ध प्रगाढ बनाउँदै साकोस अभियानलाई सबल बनाउनुपर्ने विषय संक्षेपमा राख्नुभएको थियो ।

यसैगरी, बचत संघ सुनसरीका सहसचिव मिलिराम चौधरीले बचत संघसँगै सुनसरीको साकोस अभियानबारे सेंक्षीपकरण गर्नुभएको थियो । यस्तै, नेफ्स्कून सुनसरी कार्यालय व्यवस्थापन उपसमिति सदस्य चन्द्रबहादुर सुवेदी लगायतका वक्ताहरुले अन्य समसामयिक विषयमा धारणा र सुझाव राख्नुभएको थियो ।

अन्तरक्रियामा करवृद्धि, स्वनियमन र संघहरुको अनुगमनको विषय, लाभांश वितरणलाई कानुनी दायराभित्र समेट्न सबै संस्थाहरुलाई बाध्य बनाउने अवस्था सृजना, अभियानभित्र बुझाइलाई साझा र मतैक्यता बनाउने, साझेदारीका विषयमा थप स्पष्टता, स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणको प्रभावकारिता, पाम वर्कशपको सान्दर्भिकता बढाउने, बचत सुरक्षण, बहसपैरवी, आदि समग्र विषयवस्तुमा अन्यन्त महत्वपूर्ण राय सल्लाह र सुझाव प्राप्त भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप