नेफ्स्कून र मोरङका सहकारीकर्मीहरुबीच अन्तरिक्रयात्मक छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र मोरङका सहकारीकर्मीहरुबीच अन्तरिक्रयात्मक छलफल 

काठमाडौं । कोशी प्रदेशमा रहनुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले हिजो र आज सुनसरी र मोरङ जिल्लाका सहकारीकर्मीहरुसँग समसामयिक विषयहरुमा गहन अन्तरक्रियात्मक छलफल गर्नुभएको छ ।

हिजो सुनसरीका सहकारीकर्मीहरुसँग सहकारी र साकोस अभियानबारे विस्तृत छलफल गरी राय, सल्लाह, सुझाव लिनुभएका अधिकारीको आज मोरङको सहकारी अभियानसँग अर्को महत्वपूर्ण भेटको मेसो जुरेको हो ।

बरिष्ठ उपाध्यक्ष अधिकारी तथा सञ्चालकद्वय लक्ष्मी सापकोटा र शालिग्राम ढकालसहितको टोलीले जिल्ला बचत संघ मोरङ, जिल्ला सहकारी संघ मोरङ, कोशी प्रदेश बचत संघ लगायतका पदाधिकारीहरुसँग ‘सिरियस’ संवाद गर्नुभएको हो ।

छलफलमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले सहभागीहरुका जिज्ञासाहरु सम्बोधन गर्दै सुझावहरु संघका लागि बहुमुल्य सम्पत्ति हुने धारणा व्यक्त गर्नुभयो । आज उठाइएका विषय र प्राप्त सुझावहरु नेफ्स्कून सञ्चालक समितिको बैठकमा राखी कार्यान्वयनमा लाने प्रतिवद्धता जाहेर गर्नुभयो ।

छलफलमा जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइरालाले नेफ्स्कूनसँग जिल्ला संघको अपेक्षासहित संघको तर्फबाट सुझावहरु राख्नुभएको थियो । यसैगरी, छलफलमा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक एकराज निरौला, जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष पार्वती बराल, लेखा सुपरिवेक्षण समिति संयोजक दुर्गा प्रसाद गौतम, सञ्चालक हेरम्बराज भट्टराई बचत संघका सल्लाहकार बिष्णु प्रसाद ओझा, सागर सुवेदी, उमेश वस्ती, गणेश ढकाल, हेमबहादुर श्रेष्ठ, बचत संघका व्यवस्थापक केदार दुलाल लगायतले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रम जिल्ला बचत संघ मोरङका सचिव जीवन बस्नेतले सञ्चालन गर्नुभएको नेफ्स्कून लेटाङ सेवा केन्द्र इन्चार्ज गणेश भण्डारीले साकोस आवाजलाई जानकरी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप