नेकपा एमाले तथा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुखसँग छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेकपा एमाले तथा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुखसँग छलफल

काठमाडौं । सहकारी अभियानका समसामयिक विषयमा सत्ता साझेदार दुई प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरुसँग आज नेफ्स्कून केन्द्रीय कार्यालयमा छलफल भएको छ । सहकारी अभियानका जल्दाबल्दा विषयमा नेकपा एमाले तथा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुखहरु क्रमशः खगराज अधिकारी तथा देवेन्द्रराज कडेलले नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संघका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष परितोष पौड्यालसँग छलफल गर्नुभएको हो ।

सहकारी अभियानमा उत्पन्न पछिल्ला घटनाक्रम, सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनले औल्याएका विषयहरु, अभियानको बहसपैरवीका मुख्य मुद्दाहरु लगायत अन्य विषयमा अत्यन्त सकारात्मक छलफल भएको नेफ्स्कूनका अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

खासगरी सत्ता साझेदार प्रमुख राजनीतिक दलहरुबीच सहकारी अभियानका साझा सवालहरुमा मतैक्यता कायम गरी अघि बढ्दा बहसपैरवी उपलब्धिमूलक हुने भएकाले आज महत्वपूर्ण छलफल भएको अध्यक्ष ढकालले साकोस आवाजलाई जानकारी गराउनुभयो । यस्ता खालका छलफलहरुले नै सहकारी अभियानलाई गति दिने विश्वास नेफ्स्कूनले लिएको छ ।

सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको स्तम्भ भएको बताउँदै आएका नेकपा एमाले तथा नेपाली कांग्रेसले यो क्षेत्रका विद्यमान समस्याहरु निराकरण गर्दै संविधानको 'स्पिरिट' अनुसार यसलाई समाजवादको सारथीको रुपमा अघि बढाउनुपर्नेमा जोड दिदै आएका छन् ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप