विषहारामाई साकोसको आयोजनामा छठ घाटको सरसफाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विषहारामाई साकोसको आयोजनामा छठ घाटको सरसफाई

महोत्तरी । औरहीस्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्थाले  लोक आस्थाको महापर्व छठलाई लक्षित गरी आज दुई ठाउँ सोनामाई र अखिलेश्वरनाथ  छठ घाटको सरसफाई गरेको छ। 

महोत्तरीको औरही न पा ७ भोईल स्थित सोनामाई मन्दिको प्राङ्गणमा रहेको पोखरीमा हुने छ्ठ घाट र मन्दिरको वरिपरि त्यस्तै औरही न पा ९  स्थित अखिलेश्वरनाथ छठघाट त्यहाँ स्थित महादेव मन्दिर र त्यहाँको विद्यालयको समेत सरसफाई गरेको संस्थाका सचिव राम नारायण साहले जानकारी गराउनुभयो  ।

सोनामाई छठ घाटमा बिहान ८ बजेदेखि र अखिलेश्वरनाथ छठघाटमा दिउँसो १ बजेदेखि  भएको सरसफाई कार्यक्रमको   उद्घाटन औरही न पा ७ का वडा अध्यक्ष जितेन्द्र यादवले गर्नुभएको थियो । सो कार्यक्रममा सहकारीका सदस्य,पदाधिकारी, कर्मचारी, सहकारीकर्मी, शिक्षक, विद्यार्थी ,स्थानीय राजनीतिकर्मी   स्थानीय युवा, छठ पूजा समिति लगायतको सहभागी रहेको सचिव साहले बताउनुभयो ।

संस्थाले सोनामाइमा विगत ६ वर्षदेखि वर्षदेखि सरसफाई गर्दै आइरहेको छ र अखिलेश्वर नाथमा पहिलो चोटि छठ घाटको सरसफाइ गरेको छ। संस्थाले आगामी सालहरुमा पनि यसलाई  निरन्तरता दिने जनाएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप