नेफ्स्कून अध्यक्ष ढकालद्वारा गृहमन्त्री लेखकसँग भेट, सहकारीका विषयमा सकारात्मक छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकालद्वारा गृहमन्त्री लेखकसँग भेट, सहकारीका विषयमा सकारात्मक छलफल

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले गृहमन्त्री रमेश लेखकसँग भेट गरी सहकारी अभियानमा उत्पन्न पछिल्ला घटनाक्रमसँगै समसामयिक विषयमा छलफल गर्नुभएको छ । 

उक्त भेटमा गृहमन्त्री लेखकले सहकारी अभियानलाई थप सुशासित, मर्यादित, सदस्य र समुदायमा आधारित बनाउँदै संविधानको मर्म अनुरुप अघि बढाउने अठोट सरकार र आफ्नो दल नेपाली कांग्रेसले गरेको बताउनुभएको थियो । उहाँले सहकारीका सदस्यहरुको बचत सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउँदै बचत दुरुपयोग तथा सुशासनमा स्खलनको विषय क्षम्य नहुने स्पष्ट पार्नुभएको नेफ्स्कूनका अध्यक्ष ढकालले जानकारी गराउनुभयो । 

गृहमन्त्री लेखकले सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनका कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउँदै गलत गर्ने जो सुकै र जतिसुकै प्रभावशाली भएपनि नछोडिने दृढता व्यक्त गर्नुभएको थियो । हिजो भएको उक्त भेटमा नेफ्स्कून अध्यक्ष ढकालले मुलुकको बचत तथा ऋण सहकारी अभियानको नेतृत्व गरेको नेफ्स्कूनका गतिविधि तथा बहसपैरवीबारे समेत गृहमन्त्री लेखकलाई अवगत गराउनुभएको थियो ।

बचत तथा ऋण सहकारीहरुको हित प्रवर्धनका लागि आफ्नो तर्फबाट सदैव सहयोग रहने भन्दै गृहमन्त्री लेखकले त्यसका लागि सकारात्मक भूमिका निर्वाह गर्न आफू सधै तयार रहेको पनि उल्लेख गर्नुभएको अध्यक्ष ढकालको भनाइ थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप