भक्तपुर बचत संघको २० औ बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघको २० औ बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको २० औं बार्षिक साधारण सभा आज कार्तिक २२ गते सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको मुल्य मान्यता, नीति विधिमा संचालन गराउन र सदस्यको बचत फिर्ता गराउन विभागले काम गरिरहेको बताउनुभयो ।

सहकारीको ऐन नियामावलीको व्यवस्था कार्यान्वयनमा नआउँदा मात्र सहकारीमा समस्या आएको होइन भन्ने उहाँले बताउनुभयो । उहाँले सहकारी समुदायमुखी र सदस्य केन्द्रीत व्यवसाय भएकोले सहकारी अरुले बनाउँछ भन्नेर आशमा नबसी सदस्य आफैले बनाउने हो, सोको उदाहरण भक्तपुर बचत संघले उदाहरण प्रस्तुत गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । सहकारीमा बदमासी गर्न नदिन सदस्य आफै होसियार भई बदमास गर्ने सदस्यलाई पाखा लगाउनुपर्ने उहाँको भनाइ थियो । 

सभामा अतिथि नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले विषयगत संघहरुले ऐन नियम अनुसार सदस्य संस्थाको बचत स्विकार्ने र सदस्य संस्थालाई ऋण लगानी गर्ने कार्य गर्दै आएको बताउदैं सहकारीको सुरक्षा कवच स्थिरीकरण कोषमा आबद्ध हुन आह्वान गर्नुभयो । 

अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपालले केही सिमित व्यक्तिले सहकारीमा समस्या आएपनि नेपालको सहकारी क्षेत्रमा सुशासन, नीति, विधि हरेक हिसाबले भक्तपुर जिल्ला बचत संघ उत्कृष्ट संघ रहेको बताउनुभयो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक कृष्ण प्रसाद सुवेदीले नेपालको उत्कृष्ट भक्तपुर जिल्ला बचत संघ रहेकामा अझ उत्कृष्ट रहन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 

सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा जति विद्धान भएपनि इमान्दारीता र पारदर्शिता हुनुपर्नुे जोड दिनुभयो । संघले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा सहकारी अभियान शुद्धिकरण हुने बताए ।

संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं सहकारी क्षेत्र बाँसको खम्बा र नक्कली महामारीमाको रोगबाट ग्रष्ट रहेको कटाक्ष गरेको सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानविन समितिको प्रतिवेदन उपर अभियान गम्भिर हुनुपर्ने बताउनु भयो । 

अतिथि संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै संघले प्रारम्भिक संस्थाहरुको वित्तीय विश्लेषण गरेर ऋण लगानीमा विविधीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व.२०८०/८१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०८०/८१ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नु भयो ।

सभाबाट आ.व.२०८०/८१ मा ३ अर्व ५१ करोड ४३ लाख ३ हजारको वासलात र ५ करोड ३७ लाख नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो ।

साथै आ.व.२०८१/८२ मा संघको वासलात ३ अर्व ८० करोड ७१ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०८०।८१ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि. र संगम बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संचित बचत तथा ऋण सहकारी संस्था लि. र तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र वितरण समेत गरियो ।

सभामा संघमा आबद्ध २०४ वटा संस्थाहरुबाट १३९ जना प्रतिनिधि, ९ जना अतिथि, २१ जना पर्यवेक्षक र ९ जना कर्मचारी गरीे जम्मा १८८ जनाको उपस्थिति रहेको थियो । सभाको संचालन संघका संचालक काजी बहादुर पञ्चले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप