नेफ्स्कून र स्थानीय सरकार एवम् सरोकारवालहरुसँग समन्वय कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र स्थानीय सरकार एवम् सरोकारवालहरुसँग समन्वय कार्यक्रम

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा मिति २०८१ म्ंसिर ०१ गते शनिबार सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा स्थानीय सरकार एवं सरोकारवालाहरुसँग समन्वय कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिकामा सञ्चालित विभिन्न विषयगत सहकारीहरुका लागि नेफ्स्कून र स्थानीय निकायको संयुक्त साझेदारीमा सञ्चालन हुने गरी आधारशिला कार्यक्रमको अभिमुखीकरण कार्यक्रम राष्ट्रिय सहकारी बिकास बोर्डका सञ्चालक सदस्य एवं नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेत व्यवस्थापन उपसमिति सदस्य भुपेन्द्र बहादुर सिंहको अध्यक्षता र गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेत व्यवस्थापन उपसमिति सदस्य देबेन्द्र शाह ,गुर्भाकोट नगरपालिका नि.कार्यकारी प्रमुख चित्र बहादुर ढकाल, बडा नं. ५, ७, ८ र १२ का वडा अध्यक्षहरु लगायत १३ जनाको सहभागिता थियो ।

उक्त कार्यक्रममा मेयर पुनले नगरपालिका भित्रका सहकारीहरुलाई शुद्धीकरण र दिगोरुपमा स्थापना गर्ने स्थानीय सरकार र संघ, सहकारी संञ्जाल संग समन्वय अति आवश्यक रहेको र यसले सहकारीहरुमा रहेका समस्या र संस्थाको बास्तविक अवस्थाको जानकारी लिन र समाधान गर्ने सकिने बताउनु भयो ।

यस्तै, कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालय सुर्खेत व्यवस्थापन उपसमिति सदस्य भुपेन्द्र बहादुर सिंहले नेफ्स्कूनले देशभरीका स्थानीय सरकार र सरोकारवाला निकायहरुसंग यस्तो समन्वयको कार्यक्रम गर्दै आएको र स्थानीय सरकार र सारोकारवाला निकायसँग समन्वय सम्बन्ध उपलब्धिमूलक रहेको यस कार्यक्रम मार्फत स्थानीय क्षेत्रमा रहेका सहकारीहरुमा सुधार आएको पनि बताउनुभयो ।

उक्त कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा विषयवस्तु माथि प्रस्तुतीकरण नेफ्स्कून सदस्य सेवा कार्यालय, सुर्खेत इन्चार्ज मदन कुमार चन्दले गनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप