रोचडेल पायोनियर्स अवार्ड-२०२४ इफ्कोका प्रबन्ध निर्देशक डा.युएस अवस्थीलाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोचडेल पायोनियर्स अवार्ड-२०२४ इफ्कोका प्रबन्ध निर्देशक डा.युएस अवस्थीलाई

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसी) ले प्रदान गर्ने सहकारी क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार रोचडेल पायोनियर्स अवार्ड-२०२४ बाट इन्डियन फामर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) का प्रबन्ध निर्देशक उदय शंकर (यूएस) अवस्थीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सन् १९९३ को फेब्रुअरी १ बाट इफ्कोको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नुभएका अवस्थीसँग सहकारी अभियानको ५० वर्ष लामो अनुभव छ । केमिकल इन्जिनियर अवस्थीको नेतृत्व कौशलका कारण मल उत्पादनमा इफ्को विश्वको अग्रणी संस्थाका रुपमा स्थापित छ । आज इफ्कोलाई विश्व मञ्चमा परिचित गराउने कार्यमा उहाँको योगदान रहेको आईसीएले जनाएको छ ।

आईसीएका अध्यक्ष एरियल ग्वार्कोले नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ को उद्घाटन कार्यक्रममा अवस्थीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । पुरस्कार छनौटका लागि आईसीएले एक समिति गठन गरेको थियो । अवस्थी सन् २०२० को सबैभन्दा प्रभावशाली भारतीयहरुको सूचीमा समेत पर्न सफल हुनुभएको थियो । सहकारी क्षेत्रबाट प्रभावशाली भारतीयको सूचीमा पर्ने अवस्थी हालसम्मको पहिलो सहकारीकर्मी समेत हुनुहुन्छ ।

सम्मानका लागि आइसीएले केही समयअघि आवदेन माग गरेको थियो । सहकारी क्षेत्रमा नवप्रवर्तन तथा वित्तीय रुपमा सबल र दिगोपनामार्फत सदस्यहरुको हित हुने क्रियाकलापमा योगदान दिने व्यक्तिलाई यो सम्मान प्रदान गरिन्छ । खासगरी सहकारी अगुवालाई प्रदान गर्ने यो सम्मान विशेष परिस्थितिमा मात्र संस्थालाई प्रदान गरिन्छ ।

पुरस्कारका लागि गत आवेदन दिने अन्तिम मिति गत अगष्ट ३१ सम्म रहेको थियो । सहकारी अभियानलाई स्थापित गराउन बेलायतको म्यानचेष्टरस्थित रोचडेल सहरका अगुवाहरुले खेलेको भूमिकाको कदर स्वरुप आईसीएले यो सम्मान स्थापना गरेको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप