'महिलाले नेतृत्व गरेको सहकारीमा कुनै समस्या छैन'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'महिलाले नेतृत्व गरेको सहकारीमा कुनै समस्या छैन'

काठमाडौं । तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सभामा नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले महिलाको नेतृत्वमा रहेका सहकारीमा कुनै पनि समस्या नरहेको बताउनुभयो ।

उहाँले महिलाले नेतृत्व गरेका सहकारी सुसाशन एवम् पारदर्शी तवरमा संचालन भएकाले कुनै संकट नभएको दाबी गर्नुभयो । उहाँले आफ्नो क्षेत्राअधिकार भन्दा बाहिर गएर शाखा खोल्ने, लगानी गर्ने, अनुगमन नगर्ने जस्ता गतिविधिले पछिल्लो समय सहकारीमा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।

परिवारले ऋण लिने र साक्षीमा महिलाहरु राख्ने भएका कारण धेरै कालो सूचिमा महिलाहरु  देखिएकोे भन्दै नेफ्स्कून सञ्चालक पौड्यालले ऋण लिदाँ महिलाकै नाममा लिने भएका कारण कालो सूचीमा महिलाको संख्या उच्च देखिएको छ । जुन सुकै काम गर्दा हस्ताक्षर गर्दा र साक्षी बस्दा महिलाहरु चनाखो बन्न आवश्यक भएको उहाँले बताउनुभयो । नेपालमा सञ्चालित ३१ हजार सहकारीमा ७३ लाख सेयर सदस्य मध्ये ५६ प्रतिशत महिला सहभागिता छ । 

यस्तै  बुटवल उपमहानगर पालिका वडा नं ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले तितेपाती महिला  बचत तथा ऋण सहकारीले महिला तथा समाजको हितमा धेरै असल काम गरेको बताउनुभयो । उहाँले यस संस्थालाई उद्यमशीलतामा जोड्दै अगाडि बढाउन आग्रह गर्नुभयो । महिलालाई उद्यममा जोड्न वडा, तथा नगरबाट आफ्नो सहयोग रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । यस्तै राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुकमांगत श्रेष्ठले महिलाहरुले संचालन गरेका सहकारीमा निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष प्रिया गुरुङ, सेयर सदस्य गंगा बस्याल ,सबनम श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । 

साधरणसभाले संस्थाका अध्यक्ष कमला बस्नेत कुवर तथा कोषाध्यक्ष शान्ति लक्ष्मि अर्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/ ०८१ को प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।सभामा १२ कक्षामा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका  छोराछोरी, ज्येष्ठ नागरिक सदस्य , संस्थामा विशेष योगदान पुराउने सदस्य ,असल बचतकर्ता असल ऋणीर धेरै वचत गर्ने बाल बचतकर्ता लाइ सम्मान गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप