स्थिरीकरण कोषको तेस्रो वार्षिक परामर्श बैठक पुस १९ गते काठमाडौंमा बस्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको तेस्रो वार्षिक परामर्श बैठक पुस १९ गते काठमाडौंमा बस्ने

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको तेस्रो वार्षिक परामर्श बैठक पुस १९ गते शुक्रबार काठमाडौंमा बस्ने भएको छ ।

कोष सञ्चालन समितिको कार्तिक २७ गते बसेको बैठकले तेस्रो वार्षिक परामर्श बैठक पुस १९ मा गर्ने निर्णय गरेको हो । कोषका अनुसार बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ४४ बमोजिम सम्पन्न गर्नुपर्ने कोषको वार्षिक परामर्श बैठक पुस १९ मा गर्ने निर्णय गरिएको हो । 

बिहान ११ बजे बुद्धनगर नयाँ बानेश्वरस्थित अल्फाबिटा हाउसमा बस्ने बैठकमा प्रतिनिधिको सहभागिताका लागि कोषले योगदान गर्ने संघ संस्थाहरुलाई अनुरोध समेत गरेको छ । कोषमा हाल संघ र संस्था गरी कूल ३ सय १५ वटाको योगदान रहेको छ ।  

स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ ।

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा (६) उपदफा (२) को देहाय (१) बमोजिम अर्थ मन्त्रालयबाट सहमती प्राप्त भएसँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले २०७९ साल जेठ २७ गते बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष खडा भएको घोषणा गर्नुभएको थियो ।

कोषको अध्यक्ष नेफ्स्कूनका अध्यक्ष र सदस्य सचिव नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत रहने कानूनी प्रबन्ध छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप