नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा तयारी बैठक बुटवलमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा तयारी बैठक बुटवलमा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभाको तयारी स्वरुप आज बुटवलमा समीक्षा बैठक बसेको छ ।

संघकी सञ्चालक एवम् रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालको संयोजकत्वमा भएको उक्त बैठकमा संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्त ढकाल, नवलपरासी जिल्ला बचत संघका अध्यक्ष राजन कुमार आचार्य, नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेश्व प्रसाद श्रेष्ठसँगै विभिन्न साकोसका व्यवस्थापकहरुको सहभागितामा बैठक बसी बुटवल साधारण सभाको तयारीबारे मिहिन छलफल गरेको हो ।

उक्त बैठकमा साधारण सभा तयारीका लागि स्थानीय स्तरमा गठित प्रारम्भिक कार्ययोजना कार्यदलका संयोजक रुपन्देहीको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाको पनि सहभागिता थियो ।

उक्त बैठकमा नेफ्स्कूनको ३३औं बार्षिक साधारण सभा तयारी व्यवस्थापन उपसमिति सदस्य समेत रहनुभएकी सञ्चालक पौड्यालले हालसम्म भएका तयारीबारे नेफ्स्कून अध्यक्ष लगायतलाई जानकारी गराउनुभएको थियो ।

उक्त बैठकमा नेफ्स्कून अध्यक्ष ढकालले आसन्न सभालाई उत्साहजनक सहभागितासहित प्रभावकारी रुपमा सम्पन्न गर्न सल्लाह सुझावसहित आवश्यक थप मार्गनिर्देशन गर्नुभएको थियो ।

बैठकको समग्र व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख पवनजंग मल्लले गर्नुभएको थियो भने व्यवस्थापन सहयोग भूमही सेवा केन्द्र प्रमुख कल्पना भण्डारीको थियो । 

आजको बैठकमा सहभागी प्रदेश बचत संघका अध्यक्ष नेपालसहित रुपन्देही तथा नवलपरासी जिल्ला बचत संघका अध्यक्षहरु क्रमशः ढकाल र आचार्य पनि नेफ्स्कूनको ३३औं बार्षिक साधारण सभा तयारी व्यवस्थापन उपसमितिका सदस्य हुनुहुन्छ ।

यसअघि आजै नेफ्स्कून केन्द्रीय कार्यालयमा पनि ३३औं वार्षिक साधारण सभाको तयारी बैठक बसेको थियो ।

नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा आगामी पुस ५ र ६ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा अवस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप