'असुरक्षित ऋण लगानी नै भाखा नाघ्नुको मुख्य कारण'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'असुरक्षित ऋण लगानी नै भाखा नाघ्नुको मुख्य कारण'

डडेल्धुरा । नेफ्स्कून सदस्य सेवा कार्यालय डडेल्धुराको आयोजनामा सञ्चालन भएको २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिमका सहभागीहरुले असुरक्षित ऋण लगानी नै भाखा नाघ्नुको मुख्य कारण रहेछ भन्ने तालिमबाट थाहा पाएको बताउनुभएको छ । सहकारीहरुको बर्तमान अवस्थाका रहेको प्रमुख समस्या मध्ये भाखा नाघेको ऋण पनि रहेको र सो को समाधानमा यो तालिम उपलब्धिपूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

तालिममा सहभागी बान्नीमष्टा बचत तथा ऋण सहकारी संस्था लि. बझांगका ऋण उप समिति संयोजक मान बहादुर सिहले ऋण लगानी गर्दा नै ध्यान दिएर लगानी गर्ने हो भने कुनै पनि ऋणको भाखा ननाघ्ने कुरा तालिमबाट सिकाइ भएकोले अब आफ्नो संस्थामा तालिममा सिकेका कुरा लागु गर्ने बताउनु भयो । उमेरले ६९ बर्ष पुगेका सिंह १८ र १९ गते भएको उक्त तालिममा सक्रियतापुर्वक सहभागी हुनु भएको थियो ।

तालिममा बझांग, बैतडी, डडेल्धुरा, डोटी र अछामका २० साकोसबाट १० जना महिलासहित २१ जनाको सहभागिता रहेको थियो । तालिम समापन पछि सहभागीहरुले सुरक्षित ऋण लगानी नै महत्वपुर्ण रहेको तालिमबाट ज्ञान भएकोले सोही बमोजिम आफ्नो संस्थामा लागु गर्ने कुरा बताउनु भयो ।

तालिम समापन समारोहमा जिल्ला बचत संघ अछामका अध्यक्ष चन्द्र भण्डारीले सहकारीको महत्वपूर्ण सम्पत्ति भनेको ऋण भएकाले ऋण लगानीलाई सुरक्षित गर्न अनुरोध गर्नु भयो । तालिममा सिकेका कुराहरुलाई आफनो सहकारी गएर अरुलाई पनि सिकाउनुका साथै आफुले लागु गर्न समेत अनुरोध गर्नु भयो ।

नियामक निकायले दिएका प्रत्यक निर्देशनको पुर्ण पालना गरी भविष्यमा हुने संकटबाट समेत बच्न अनुरोध गर्नु भयो । २ दिने तालिमको  सहजीकरण नेफ्स्कूनका रोष्टर प्रशिक्षक छविलाल जैसीले गर्नु भएको थियो भने तालिमको समग्र व्यवस्थापन संघको सदस्य सेवा कार्यालय डडेल्धुराका प्रमुख धर्मराज जोशीले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप