एक्सेस पहिलो समूहको पाम राष्ट्रिय कार्यशाला-२०८१
हामीलाई सोधिने सुशासनको प्रश्नको जवाफ व्यवहारमार्फत पुष्टि गर्नुपर्छ: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हामीलाई सोधिने सुशासनको प्रश्नको जवाफ व्यवहारमार्फत पुष्टि गर्नुपर्छ: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी अभियन्ताहरुलाई अचेल धेरै सोधिने प्रश्न ‘तपाईहरु सुशासनमा हुनुहुन्छ ?’ भन्ने रहेको बताउँदै त्यसको जवाफ व्यहारमार्फत पुष्टि गर्नुपर्ने भएको छ ।

सुशासन बोलेर पुरा हुने विषय नभइ महसुस गर्ने विषय भएको उहाँले स्पष्ट पार्नुभयो । संस्थामा आन्तरिक नियन्त्रण प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गरी सुशासनको अनुभव सबै तह र तप्कासम्म गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक्सेस पहिलो समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन राष्ट्रिय कार्यशाला २०८१ को ललितपुरको गोदाबरीमा २०८१ मंसिर २१ गते शुक्रबार उद्घाटन कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले अभिन्ताहरुको बोली एकरुपता र कार्यमा ऐक्यवद्धता हुनुपर्ने धारणा राख्नुभयो । आन्तरिक मतभिन्नतालाई प्रशस्त छलफल गरी समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेपालको सहकारी अभियानको छवि निर्माणमा अग्रसर हुन सबैलाई आग्रह पनि गर्नुभयो ।

‘तपाईहरु करिब १० लाख व्यक्तिगत सदस्य र करिब १ खर्व कुल सम्पत्ति बोक्ने संस्थाहरु यहाँ हुनुहुन्छ,’ बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘त्यसैले अबको साकोस अभियान कस्तो हुनुपर्ने भन्ने विषयमा यो कार्यशाला केन्द्रीत रहनुपर्दछ र सामुहिक छलफलबाट निचोड निकाल्न सक्षम संस्थाका सञ्चालक र व्यवस्थापकहरुबाट सकारात्मक परिवर्तको अपेक्षा म गर्दछु ।’

हाल केही व्यक्तिका नियोजित स्वार्थका कारणले गर्दा साकोस अभियान नै गलत हो भन्ने भाष्य सृजना गरिएको भन्दै उहाँले सोही कारण नेपालको साकोस अभियान विषम परिस्थितिमा रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारी अभियान बीच वृद्धि र विकासको तालमेल नभएर यस्तो भएको हो ।’ बरिष्ठ उपाध्यक्ष अधिकारीले सहकारी संस्थामा पारदर्शिता अति नै महत्वपूर्ण हुने भन्दै त्यो बिनाको सहकारी विकलाङ्क बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले हाम्रा सदस्य अर्थात् हाम्रा मालिकप्रतिको उत्तरदायित्व र जवाफदेहिता महसूस गर्दै पारदर्शिता कायम गर्नैपर्दछ ।’

एक्सेसको प्रसङ्गमा बरिष्ठ उपाध्यक्ष अधिकारीले मानव शरिरको लागि स्वास्थ्य जाँच जस्तै बचत तथा ऋण सहकारी संस्था स्वास्थ्य जाँचका लागि एक्सेस कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । एक्सेस कार्यक्रमले साकोसको स्वास्थ्य जाँच गरी दिशानिर्देश प्रदान गर्ने उहाँले जीकिर गर्नुभयो । हालको यस पाम कार्यशाला सदस्य संस्थाको माग र सकारात्मक शिराबाट सञ्चालन गरिएको पनि दाबी गर्नुभयो । यस कार्यशाला सदस्यको समस्याको समाधान निकाल्ने थलो भएका हुदाँ महत्वपूर्ण विषयमा प्रशस्त छलफल गरी सामूहिक समाधान निकाल्न उहाँले आग्रह गर्नुभयो ।

एक्सेस कार्यक्रम संस्थाको सन्तुलित वृद्धि र विकासका साथै अभियानलाई दिशानिर्देश गर्नको लागि सञ्चालन गरिएको बताउनुभयो ।

कार्यशालामा ३६ वटा साकोसबाट ७० भन्दा बढीको सहभागिता थियो । नेफ्स्कून व्यवस्थापनबाट सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, वरिष्ठ कार्यक्रम अधिकृत, प्रेमनाथ वाग्ले, कार्यक्रम अधिकृत सुमनराज घिमिरे र सहायक सहजकर्ताहरु रेजिना पौडेल र अर्जुन गुरुङको सहभागिता थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप