एक्सेस पहिलो समूहको पाम राष्ट्रिय कार्यशाला-२०८१
हामीलाई सोधिने सुशासनको प्रश्नको जवाफ व्यवहारमार्फत पुष्टि गर्नुपर्छ: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हामीलाई सोधिने सुशासनको प्रश्नको जवाफ व्यवहारमार्फत पुष्टि गर्नुपर्छ: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी अभियन्ताहरुलाई अचेल धेरै सोधिने प्रश्न ‘तपाईहरु सुशासनमा हुनुहुन्छ ?’ भन्ने रहेको बताउँदै त्यसको जवाफ व्यहारमार्फत पुष्टि गर्नुपर्ने भएको छ ।

सुशासन बोलेर पुरा हुने विषय नभइ महसुस गर्ने विषय भएको उहाँले स्पष्ट पार्नुभयो । संस्थामा आन्तरिक नियन्त्रण प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गरी सुशासनको अनुभव सबै तह र तप्कासम्म गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक्सेस पहिलो समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन राष्ट्रिय कार्यशाला २०८१ को ललितपुरको गोदाबरीमा २०८१ मंसिर २१ गते शुक्रबार उद्घाटन कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले अभिन्ताहरुको बोली एकरुपता र कार्यमा ऐक्यवद्धता हुनुपर्ने धारणा राख्नुभयो । आन्तरिक मतभिन्नतालाई प्रशस्त छलफल गरी समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेपालको सहकारी अभियानको छवि निर्माणमा अग्रसर हुन सबैलाई आग्रह पनि गर्नुभयो ।

‘तपाईहरु करिब १० लाख व्यक्तिगत सदस्य र करिब १ खर्व कुल सम्पत्ति बोक्ने संस्थाहरु यहाँ हुनुहुन्छ,’ बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘त्यसैले अबको साकोस अभियान कस्तो हुनुपर्ने भन्ने विषयमा यो कार्यशाला केन्द्रीत रहनुपर्दछ र सामुहिक छलफलबाट निचोड निकाल्न सक्षम संस्थाका सञ्चालक र व्यवस्थापकहरुबाट सकारात्मक परिवर्तको अपेक्षा म गर्दछु ।’

हाल केही व्यक्तिका नियोजित स्वार्थका कारणले गर्दा साकोस अभियान नै गलत हो भन्ने भाष्य सृजना गरिएको भन्दै उहाँले सोही कारण नेपालको साकोस अभियान विषम परिस्थितिमा रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारी अभियान बीच वृद्धि र विकासको तालमेल नभएर यस्तो भएको हो ।’ बरिष्ठ उपाध्यक्ष अधिकारीले सहकारी संस्थामा पारदर्शिता अति नै महत्वपूर्ण हुने भन्दै त्यो बिनाको सहकारी विकलाङ्क बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले हाम्रा सदस्य अर्थात् हाम्रा मालिकप्रतिको उत्तरदायित्व र जवाफदेहिता महसूस गर्दै पारदर्शिता कायम गर्नैपर्दछ ।’

एक्सेसको प्रसङ्गमा बरिष्ठ उपाध्यक्ष अधिकारीले मानव शरिरको लागि स्वास्थ्य जाँच जस्तै बचत तथा ऋण सहकारी संस्था स्वास्थ्य जाँचका लागि एक्सेस कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । एक्सेस कार्यक्रमले साकोसको स्वास्थ्य जाँच गरी दिशानिर्देश प्रदान गर्ने उहाँले जीकिर गर्नुभयो । हालको यस पाम कार्यशाला सदस्य संस्थाको माग र सकारात्मक शिराबाट सञ्चालन गरिएको पनि दाबी गर्नुभयो । यस कार्यशाला सदस्यको समस्याको समाधान निकाल्ने थलो भएका हुदाँ महत्वपूर्ण विषयमा प्रशस्त छलफल गरी सामूहिक समाधान निकाल्न उहाँले आग्रह गर्नुभयो ।

एक्सेस कार्यक्रम संस्थाको सन्तुलित वृद्धि र विकासका साथै अभियानलाई दिशानिर्देश गर्नको लागि सञ्चालन गरिएको बताउनुभयो ।

कार्यशालामा ३६ वटा साकोसबाट ७० भन्दा बढीको सहभागिता थियो । नेफ्स्कून व्यवस्थापनबाट सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, वरिष्ठ कार्यक्रम अधिकृत, प्रेमनाथ वाग्ले, कार्यक्रम अधिकृत सुमनराज घिमिरे र सहायक सहजकर्ताहरु रेजिना पौडेल र अर्जुन गुरुङको सहभागिता थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप