काठमाडौं । एक्सेस पहिलो समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन राष्ट्रिय कार्यशाला २०८१ ललितपुरको गोदाबरीमा २०८१ मंसिर २१ र २२ गते आयोजना गरिएको छ । नेफ्स्कूनले पाम सञ्चालन मोडालिटीमा परिमार्जन गरेपछिको एक्सेसको यो पहिलो पाम हो जसलाई राष्ट्रिय कार्यशाला २०८१ नामाकरण गरिएको थियो । कार्यशालालाई न्यून औपचारिकता र बढी बढी भन्दा प्राविधिक विषयको सिकाइको साझा मञ्चको रुपमा सञ्चालन गरिएको थियो ।
कार्यशालाको पहिलो दिन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सुशासनको विषयमा विशेष जोड दिदैं अभियानको छवि सुधारमा एक्सेसका साकोसहरुको भूमिका झनै उदाहरणीय बन्नुपर्ने बताउनुभयएको थियो ।
दोस्रो दिन सहभागीहरुलाई उत्प्रेरित गर्न र साकोस अभियानका जल्दाबल्दा विषयमा संघमार्फत भैरहेका बहसपैरवीबारे जानकारी गराउन उपस्थित हुनुभएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक्सेसमा आवद्ध साकोसहरु अन्य साकोसहरुका लागि आदर्शपात्र (रोलमोडल) भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु साकोस अभियानको ओझ हो । साकोस अभियानलाई असल मार्गमा हिड्न अभिप्रेरित गराउने तपाईहरुको महत्वपूर्ण भूमिका छ । यहाँ सहभागी हरेक संस्थाबाट नेफ्स्कूनले ठूलो अपेक्षा गरेको छ ।’
कार्यशालामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले दिगो विकासमा सहकारीहरुले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले निर्दिष्ट गरेको फ्रेमवर्कमा आधारित एजेण्डा इन एक्सन शीर्षकमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक तेज नारायण ठाकुर तथा आईक्यानकातर्फबाट पार्षद सदस्य एफसीए उमेशराज पाण्डेयले प्रस्तुतीकरण गर्नुभएको थियो भने नेफ्स्कूनका तर्फबाट फीट एण्ड प्रपट टेष्टबारे सहायक कार्यकारी अधिकृत दृर्गाप्रसाद ढकाल तथा प्रेमनाथ वाग्लेले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यशालामा ३६ वटा साकोसबाट ७० भन्दा बढीको सहभागिता थियो ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९५५ दिन अगाडि
९५९ दिन अगाडि
९६३ दिन अगाडि
२८३ दिन अगाडि
२८९ दिन अगाडि
३२७ दिन अगाडि
३३६ दिन अगाडि
३३७ दिन अगाडि