एक्सेस पहिलो समूहको 'पाम' राष्ट्रिय कार्यशाला २०८१' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस पहिलो समूहको 'पाम' राष्ट्रिय कार्यशाला २०८१' सम्पन्न

काठमाडौं । एक्सेस पहिलो समूहको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन राष्ट्रिय कार्यशाला २०८१ ललितपुरको गोदाबरीमा २०८१ मंसिर २१ र २२ गते आयोजना गरिएको छ । नेफ्स्कूनले पाम सञ्चालन मोडालिटीमा परिमार्जन गरेपछिको एक्सेसको यो पहिलो पाम हो जसलाई राष्ट्रिय कार्यशाला २०८१ नामाकरण गरिएको थियो । कार्यशालालाई न्यून औपचारिकता र बढी बढी भन्दा प्राविधिक विषयको सिकाइको साझा मञ्चको रुपमा सञ्चालन गरिएको थियो । 

कार्यशालाको पहिलो दिन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले  सुशासनको विषयमा विशेष जोड दिदैं अभियानको छवि सुधारमा एक्सेसका साकोसहरुको भूमिका झनै उदाहरणीय बन्नुपर्ने बताउनुभयएको थियो ।

दोस्रो दिन सहभागीहरुलाई उत्प्रेरित गर्न र साकोस अभियानका जल्दाबल्दा विषयमा संघमार्फत भैरहेका बहसपैरवीबारे जानकारी गराउन उपस्थित हुनुभएका नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक्सेसमा आवद्ध साकोसहरु अन्य साकोसहरुका लागि आदर्शपात्र (रोलमोडल) भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु साकोस अभियानको ओझ हो । साकोस अभियानलाई असल मार्गमा हिड्न अभिप्रेरित गराउने तपाईहरुको महत्वपूर्ण भूमिका छ । यहाँ सहभागी हरेक संस्थाबाट नेफ्स्कूनले ठूलो अपेक्षा गरेको छ ।’

कार्यशालामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले दिगो विकासमा सहकारीहरुले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले निर्दिष्ट गरेको फ्रेमवर्कमा आधारित एजेण्डा इन एक्सन शीर्षकमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक तेज नारायण ठाकुर तथा आईक्यानकातर्फबाट पार्षद सदस्य एफसीए उमेशराज पाण्डेयले प्रस्तुतीकरण गर्नुभएको थियो भने नेफ्स्कूनका तर्फबाट फीट एण्ड प्रपट टेष्टबारे सहायक कार्यकारी अधिकृत दृर्गाप्रसाद ढकाल तथा प्रेमनाथ वाग्लेले प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यशालामा ३६ वटा साकोसबाट ७० भन्दा बढीको सहभागिता थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप