व्यवसाय प्रवर्धन सम्बन्धी अन्तरक्रिया
नेफ्स्कूनको बहसपैरवीमा कुनै कमी हुनेछैन: सञ्चालक सुवेदी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको बहसपैरवीमा कुनै कमी हुनेछैन: सञ्चालक सुवेदी

काठमाडौं । नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयले वित्तीय सुशासन कायम राखी व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसाय प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम-२०८१ मंसिर २३ गते आइतबार सुन्धारामा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न संघ संस्थाबाट ४० जनाको उत्साहपूर्ण सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका संचालक एवम् न्युरोड सदस्य सेवा कार्यालय संयोजक खेमराज सुवेदी, बागमती प्रोस्कूनका संचालक एवम् जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेम बहादुर कार्की साथै न्युरोड सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको उपस्थिति थियो । 

कार्यक्रममा अभियानले उठाएका सवालहरुमा संघका संचालक सुवेदीले प्रष्ट प्रकाश पार्नुभएको थियो । उहाँले संघमार्फत नीतिगत सुधारका लागि गरिने पहलकद्मीमा कुनै कमी नहुने विश्वास दिलाउनुभएको थियो । उहाँले दिगोपनाको आधार सदस्य सम्बन्ध भएकोमा जोड दिदैं संस्था सदस्यकोमा पुग्नुपर्ने तथा दरिलो आन्तरिक नीति तथा कार्यविधि बनाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले संघलाई प्राप्त सुझावहरुका लागि सहभागीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा न्युरोड सदस्य सेवा कार्यालयमा आवद्घ सदस्य संस्थाहरुबीच समसामयिक विषय बस्तुमा अन्तरक्रिया भएको थियो । सहकारीमा देखिएका समस्याले हाल संस्था संचालनमा पर्न गएको वित्तीय समस्या र सो को निराकरणका लागि यस ब्यावसायिक क्षेत्रभित्र संचालित संस्थाहरुको वित्तीय स्थिति साथै शुसासनमा एकरुपता ल्याई मजबुत बनाउन व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम तय गरिएको हो ।

खासगरी, अधिक तरलता तथा तरलताको कमि व्यवस्थापन, संस्थाहरुविच हाल कायम व्याजदरमा देखिएको प्रतिस्पर्धा, ऋण लगानीमा प्रतिस्पर्धा तथा लगानी पूर्व अपनाउनुपर्ने सावधानी तथा वैज्ञानिक विधि र पद्धतिहरु, असुलीका असल अभ्यासहरु, संस्थाको आन्तरिक निति तथा कार्यविधि, बस्तु तथा सेवाको वर्गीकरणमा देखिएका समस्या र समाधानका उपायहरु आदि विषयले छलफलमा प्रवेश पाएको थियो । 

सहभागीहरुले कार्य संचालन गर्दाका राम्रा पक्ष साथै जटिल पक्षका विषयहरुमा स्पष्ट धारण राख्नु भएको थियो । यस्तो छलफलले एक अर्कालाई टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमबाट असल कुुराको अनुसरण गरी नीति नियम भित्र रहेर कार्य संचालनमा जोड दिनुपर्ने साझा धारणा विकास भएको नेफ्स्कून न्यूरोडका इन्चार्ज खिलनाथ लुइटेलले जानकारी गराउनुभयो ।

यसका साथै अधिक तरलता संगै असुलीका कारण संस्थामा देखिएको समस्या र कानुनी अड्चनले समग्र सहकारी अभियानमा असर परेको कुराहरु सहभागीहरुले उठाउनु भएको थियो । यस्ता समस्यालाई संघले बहस पैरवी गरी  राज्यलाई नीतिगत व्यवस्थाका लागि बाध्य बनाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको संचालन संघका न्युरोड सदस्य सेवा प्रमुख खिलनाथ लुइटेलले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप